“प्यार करेला हिम्मत चाही” को शुभ मुर्हुत सम्पन्न

ओमप्रकाश, बीरगंज, चैत्र २०, – जगदम्वा फ्ल्मि प्रोडक्सनद्धारा निर्मित प्यार करेला हिम्मत चाही चलचित्रको शुभ मुर्हुत कार्य आज एक समारोहबीच सम्पन्न भएको छ ।mm

 
बाराको बरियारपुरमा रहेको प्रसिद्ध गढीमाई मन्दिर प्राङ्गणमा एक मुर्हुत समारोहको आयोजना गरी चलचित्रका निर्देशक अनिल सर्राफले भोजपुरी चलचित्र प्यार करेला हिम्मत चाहीको आफैले क्ल्याप दिएर शुभ मुर्हुत कार्य सम्पन्न गरेका हुन । चलचित्रमा क्ल्यापकपछि चलिचत्रका नायक विराट भट्ट र नायिका सोनिया केसीले संयुक्तरुपमा चलचित्रकै एक डायलग भोजपुरीमा बोलेर चलचित्रको शुभारम्भ गरेका थिए ।


करिव १ करोड ५० लाख रुपैयाको लागतमा निर्माण हुन लागेको यस चलचित्रको निर्माण अनिल अग्रवालले गर्नु भएको छ भने, चलचित्रको सह निर्देशकमा पवन खतिवडा रहेका छन् । दुइ घण्टा ४५ मिनेटको चलचित्रमा जम्मा १२ वटा अत्याधुनिक सुमधुर गित र संगितले भरिएको छ । नेपाल र भातरकै चर्चित गायक उदितनारायण झा, कल्पना र इन्दु सोनलीले चलचित्रमा आफनो मिठो स्वर दिएका छन् ।
जगदम्वा प्रोडक्सनले आफनो पहिलो प्रस्तुती सास ननद भौजाई र दोस्रो प्रस्तुती सास ससुरके प्यारको अपार सफलतापछि अहिले तेस्रो प्रस्तुतीको रुपमा प्यार करेला हिम्मत चाही चलचित्र निर्माण गर्न लागेको निर्देशक अनिल सर्साफले बताएका छन् । पहिलो र दोस्रो चलचित्र समाजिक भएपनि अहिलेको चलचित्र भने अत्याधुनिक तर संदेशमुलक रहेको सर्राफको दावी छ । चलचित्रमा हाम्रो समाजमा विवाहभन्दा पहिले नै हुने गलत प्रेम सम्बन्धबाट गर्भधारणपछि सामाज र ब्यक्तिमा पर्ने असर र त्यसपछि झेल्नु पर्ने अपहेलनाको कथालाई विशेष फोकस गर्ने प्रयास गरेको निर्देशक सर्राफको दावी छ । यो चलचित्र सम्पन्न भएपछि सफल हुनेमा सर्राफ विश्वस्त छन् ।
बीरगंज, बरियारपुर, हेटौडाको शहिद स्मारक, चितवनको सौराहा र भ्रपरहाको जङ्गलमा यो चलचित्रको सम्पूर्ण छायाङकन हुने सर्राफले बताए । करिव २ देखि ३ महिनाभित्रै यो चलचित्र बजारमा प्रदर्शन भईसक्ने निर्देशक सर्राफको दावी छ ।


निर्देशक सर्राफकै कथामा आधारित रहेको चलचित्रको द्धन्द्ध निर्देशकको जिम्मा राजेश रोसनले निर्वाह गरेका छन । त्यसैगरी चलचित्रमा संगित भारतको मुर्म्बईस्थित टि-सिरिजका राकेश त्रिवेदीले दिएका छन् । चलचित्रमा नेपाल र भारतको सुपसिद्ध कलाकारहरुले संयुक्तरुपमा अभिनय गरेका छन् । मुर्म्वई कलाकार संदिप पाण्डेले नायक र प्रिया शर्माले नायिकाको रोल निर्वाह गरेका छन् । यस वाहेक रेजिना उप्रेती अवधेस मिश्रा, गजेन्द्र गुप्ता लगायत स्थानीय कलाकारहरुले अभिनय गरेका छन् ।
मुरहुत समारोहको समापनपछि रिपोर्टस क्लव पर्साले गढीमाई मन्दिरकै प्राङगणमा चलचित्र युनिटसंग साक्षात्कार कार्यक्रमको आयोजना गरेको थियो । क्लवका अध्यक्ष कन्हैया गुप्ताको अध्यक्षतामा भएको साक्ष्त्कार कार्यक्रममा चलचित्रका निर्देशक, नायक र नायिकासंग आफनो जिज्ञासा राखेका थिए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: