• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

मिथिला महोत्सव शुरु राष्ट्रपति द्वारा उदघाटन

रोशनकुमार झा, जनकपुरधाम, चैत्र २०, – अन्तर्राष्ट्रीय रुपमा मिथिलाको पहिचान स्थापित गराउने उद्देश्यले वृहत्तर जनकपुर क्षेत्र विकास परिषदद्वारा आयोजित मिथिला महोत्सव २०६६ आजदेखि शुरु भएको छ। तिरहुतिया गाछीमा भैरहेको महोत्सव ५ दिन सम्म चल्ने छ। राष्ट्रपति डा.रामवरण यादवले महोत्सवको उदघाटन गर्नुभएको थियो।

उदघाटन सत्रमा प्रमुख अतिथि राष्ट्रपति डा.यादवले मिथिला संस्कृति र सभ्यता प्राचीन प्रमुख ५ सभ्यता मध्ये एक रहेको बताउनुभयो। वहाँले विश्वको कुल ६ वटा दर्शन मध्ये ४ वटा दर्शन मिथिलामा निर्माण भएको उल्लेख गर्नुभयो। डा. यादवले महोत्सवले मिथिलाको कला परम्पराको विकाश संरक्षण एवम सम्बर्धन हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा संस्कृति मन्त्री डा. मिनेन्द्र रिजाल ,पर्यटनमन्त्री शरत सिंह भण्डारी, भौतिक योजना तथा निर्माण राज्यमन्त्री संजय साह विभिन्न पार्टीको प्रतिनिधि ,प्रज्ञा प्रतिष्ठानको कुलपति वैरागी काईंला सहितले मन्तव्य राख्नुभएको थियो। त्यसैगरी वृहतरका अध्यक्ष तथा महोत्सव आयोजक मूल कमिटीका संयोजक दिगम्वर रायले राष्ट्रपति डा.यादवलाइ अभिनन्दन गर्नुभयो।वहाँले मिथिलाको पाग डोपटा जानकी मन्दिरको प्रतीक चिन्ह तथा कदर पत्र प्रदान गरी अभिनन्दन गर्नुभयो।

यसअघि मिथिलाको संस्कृति ,परम्परा ,लोक नायक, लोकदेवताहरुको झाँकी सहितको शोभा यात्रा जनकपुरमा निकालिएको थियो। सल्हेश ,लोरी दिनाभद्री सीता कमला दुर्गा जनक सहितको मिथिलाको लोकदेवता हरुको झाँकी प्रदर्शन गरिएको छ।

यता झरीझरी तथा लाठीलाठी लोकनाट्य प्रहसन लोकगीत आदिको पनि प्रदर्शन गरिएको थियो। मिथिला महोत्सवमा सबैवर्ग क्षेत्र समूदायको रितिरिवाज मिथिलाको वैशिष्ठता झल्कने स्टलहरु राखिएको छ। महोत्सवमा १० लाख भन्दा बढी व्यक्ति अवलोकन गर्ने अयोजकको दावी छ।

मूल कमिटीको संयोजक रायको अनुसार महोत्सवको अवलोकन गरी सम्पूर्ण मिथिलाको वास्तविकताकको अनुमान गर्न सकिन्छ । वहाँले मिथिलाको समग्रताको प्रतिरुप महोत्सवमा हेर्न सकिने दावी गर्नुभयो।

5 Responses

  1. सरकारको गलत कार्यमा एक्शन लिने bahuta thik bat hai e bat kahake lel dhanya vad chhai

  2. हम जनकपुर मे छि, या जनकपुरके मिथिला महोत्सब के फोटो सब हम देखक बहुत खुस छि, अपने सब बहुत निक काजकईर रहल छि,

    संजय कुमार ठाकुर,
    जनकपुर – १६,

  3. अपन मिथिलाके सान येईच्छ, मिथिला महोत्सब २०६६, हम देख लाऊ बहुत खुसिलागल, पुरे दुनिया मे मालुम होबके छाही कि मिथिला नगरी येईच्छ, जनक्दपुर धाम मे,

    Rajan Sah
    Dhanusha,
    Janakpur

  4. I m proud of myself for being a maithil.
    Hum USA me chi muda mithila aa maithili hamar pahachan achi aa sadai rahat.
    Mithila mahotsab ke aur photo sab add karitau ta bada khusi hoithe.

  5. Jay mithila ham avi Doha Qatar me chi lekin mithila mahotsha bahut yaad karaichi.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: