राजविराज बिमान स्थलमा हवाइ उडानको परिक्षण

राधेश्याम, सप्तरी,चैत्र २०, – लामो समयदेखि सुनसान रहेको राजविराज बिमान स्थलमा हवाइ उडानको परिक्षण गरिएको छ । करिब ६ सय मिटर धावनमार्ग जीर्ण भएका कारण बिगत ५ वर्षदेखि सो विमानस्थलबाट उडान सेवा ठप्प भएको थियो ।mm
 
जिल्ला विकास समिति सप्तरीले २ करोड तथा सरकारले २ करोड बजेटको व्यवस्था गरि दिएपछि बिमानसेवा पुनः संचालनमा आउन लागेको हो । ‘कच्ची बिमान स्थललाई मरम्मत गरी तत्काल टेस्ट फ्लाइट गरिएको हो, चाँडै नै ग्राभेल गर्ने काम शुरु हुन्छ– निमित्त स्थानीय विकास अधिकारी, दुर्गा प्रसाद यादवले बताउनु भयो । 
 
दुई दिन अघि बिराटनगरबाट आएको नेपाल वायू सेवा निगमको जहाजले सो धावनमार्गमा दुई पल्ट परीक्षण उडान गरेको थियो । पाइलट वाई.पी.जुहार्चनले हवाई सेवा पुनः संचालनका लागि धावनमार्ग दुरुस्त रहेको जानकारी दिनु भएको बताएको छ । नागरीक उड्डयन प्राधिकरणका इन्जिनियर मणि गोविन्द श्रेष्ठले उक्त विमान स्थलबाट बिमान सेवा सुचारु गर्न बाटो खुलेको बताउनु भयो । निमित्त स्थानीय विकास अधिकारी यादवले धावनमार्ग ग्राभेलका लागि टेण्डर प्रकृया पनि शुरु भईसकेकोले चाँडै निर्माण कार्य शुरु हुने जानकारी दिनु भयो ।  दुई महिना अघि विमानस्थल निरीक्षणका लागि आएका पर्यटन मन्त्री शरद सिंह भण्डारीले बिमान सेवा अविलम्ब संचालन गर्ने प्रतिवद्धता व्यक्त गरेपछि सेवा संचालनका लागि युद्धस्तरमा काम गरिरहेको प्राधिकरणका प्रवन्धक रघुवीर यादवले बताउनुभयो ।
 
 वि.सं. २०१६ सालमा तत्कालिन यातायात मन्त्री गणेशमान सिंहले उद्घाटन गर्नु भएको राजविराज विमानस्थल अधिराज्यकै पुरानो मध्ये एक भए पनि कच्ची धावन मार्गकै कारण पटक–पटक हवाई सेवा बन्द हुने गरेको थियो । 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: