आगलागीमा एकको मृत्यु लाखौको क्षति

सिरहा,लहान चैत्र २१ -आज सिरहाको हक्पारा गाबिस वडा न. ६ मा आगलागी हुदाँ एक जनाको मृत्यु भएको छ भने लाखौको क्षति भएको छ । आग लागीमा परी जलेर सोही गाविस ६ वस्ने ६० वर्षिया विलास देवी यादव रहेका छन । स्थानीय डोमी यादबको घरबाट शुरु भएको आगोले यादबको सहित १८ घर जलेर नष्ट भएको छ ।

आगो सीमा सुरक्षा कार्यालय सिरहा ईटाटार लगदीगदियानीका प्रहरी टोली र स्थानीयबासीले दुई घन्टा पछि आगो नियन्त्रणमा लिएका छन । सो आगलागी वाट मानविय क्षति सहित करिब ३७ लाख मुल्य वरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाईएको छ । यसै विच सप्तरीको छुटा छुटै स्थानमा भएको आगलागीमा परी १० लाख मुल्य बराबरको क्षति भएको छ । सप्तरीको अर्नाहा गाविस ७ का स्थानिय कन्त लाल विश्वकर्माको घरबाट अचानक सल्केको आगलागीमा परी विश्वकर्माको तिन ओटा घर तथा छिमेकीको एक घर गरी चार ओटा घर जलेर करिब पाँच लाख मुल्य बराबरको क्षति भएका छन ।

त्यसैगरी सप्तरीकै तेरहोता गाविस ५ का लक्ष्मी प्रसाद यादबको घरबाट सल्केको आगलागीमा परी यादबको दुई ओटा घर जलेर तिन लाख मुल्य बराबरको क्षति भएको पिडित यादबले बताएका छन । त्यस्तै सप्तरीको पत्थरगाडा गाविस २ मा स्थानिय चौठी मण्डलको घरबाट अचानक सल्केको आगलागीमा परी मण्डलको दुई वटा  घर जलेर दुई लाख मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उक्त आगलागी स्थानियबासी प्रहरी र राजविराजबाट गएको बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: