• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

जनकपुरको विकाशको निम्ति सावाँ दुई अर्ब :मन्त्रि गच्छदार

“नमुना शहरको रुपमा परिचित हुने”

रोशनकुमार झा, जनकपुरधाम चैत्र २१, – उपप्रधान एवं भौतिक योजना तथा निर्माण मन्त्री विजय कुमार गच्छेदारले देशको समग्र विकासमा नेताहरु विफल भएकोले देश विकासको काममा उल्लेखनीय रुपमा अगाडी बढ्न नसकेको बताउनुभएको छ।mm

विकासको काममा राजनीति नगर्न आग्रह गर्दै उपप्रधानमन्त्री गच्छेदारले सबै पक्षलाई एकीकृत भई देशको विकासको काममा सहयोग गर्नुपर्ने जनाएका छन्। जनकपुर उधोग वाणिज्य संघद्वारा शनिवार जनकपुरमा आयोजित जनकपुरधामको विकासको सम्भावना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा वहाले यस्तो धारणा राख्नुभएको हो।

मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको अध्यक्ष समेत रहेका गच्छेदारले जनकपुरको भौतिक पूर्वाधार विकासको निम्ति सरकार प्रतिबद्ध रहेको र चाडै आ जनकपुर नमुना शहरको रुपमा परिचित हुने आश्वासन दिनुभएको छ। सडक यातायात विकासको कामलाई सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिदै जनकपुरधामलाई पर्यटकिय रुपमा विकास गर्नको निम्ति अत्यधिक सम्भावना रहेकोले आफू सहयोगमा अलिकति पनि पछाडी नपर्ने बताउनुभयो। जनकपुरको भौतिक पूर्वाधार विकासको निम्ति सउदी अरब बाट सवा दुई अरब बजेट आएको वहाँले जानकारी दिनुभयो। शान्ति प्रकि्रयालाई तार्किक निश्कर्षमा पुर्याई नयाँ संविधान समयमै निर्माण गर्नु अहिले सरकारको प्रमुख कार्य रहेको वहाँले स्पष्ट पार्नुभयो।

कार्यक्रममा नागरिक उडययन तथा पर्यटन मन्त्री शरद सिंह भण्डारीले जनकपुरलाई नयाँ शहरको रुपमा विकास गर्नको निम्ति सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो।वहाँले भन्नुभयो ‘अव नेताहरुको भाषण धेरै भईसक्यो जनताको सम्मान पाउनु छ भने अब काम गरेर देखाउ। संघका अध्यक्ष श्यामप्रसाद साहको अध्यक्षतामा भएको सो कार्यक्रममा भौतिक योजना तथा निर्माण राज्य मन्त्री संजय साह, कृषि मन्त्री मृगेन्द्र सिंह यादव, कृषि राज्य मन्त्री शत्रुधन महतो, सभासद रामसरोज यादव, कौशल यादव ,संघका पूर्व अध्यक्ष प्रकाश चन्द्र साह, निर्मल कुमार चौधरी, रमेश कुमार साह सहितका व्यक्तिहरुले आ – आफ्नो मन्तव्य राख्नुभएको थियो।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: