संविधान निर्माणको ८० प्रतिशत काम पूराः सभाध्यक्ष

काठमाडौं -संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले संविधानसभाले नयाँ संविधान निर्माणका लागि झण्डै असी प्रतीशत काम सकिएको जानकारी गराउनुभएको छ । उहाँले संविधान निर्माणका आगामी दिनहरुभने जटिल रहेको वताउनुभयो । नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनीयनको दोस्रो राष्ट्रिय महाधिवेशनको आज राजधानीमा गर्दै सभाध्यक्ष नेम्वांङ्गले दलहरुवीच सहमति भए बाकी चुनौति पूरा गर्न सकिने बताउनुभएको हो ।

उहाँले संविधानसभाले गर्न बाकी काम सम्मपन्नगरी तोकिएको मितिमा नयाँ संविधान जारी गर्नका लागि दलहरु मिल्नुको कुनै विकल्प नभएको बताउनुभयो । संविधान सभा निर्वाचनवाट नै नेपाली जनताले दलहरुलाई मिलेर अगाडी वढ्न स्पष्ट निर्देश गरेकोले प्राप्त उपलव्धिको रक्षार्थका लागि दलहरुको एकता अपरिहार्य रहेको नेम्वाङ्गको भनाइ थियो । उहाँले दलहरुविचका मतान्तर पहिचान र तिक्ततालाई विसे्रर उच्च स्तरको समझदारीका पटक पटक जाृड दिनुभयो । कार्यक्रममा एकीकृत नेकपा माओवादीका नेता अग्नि सापकोटाले वर्तमान सरकारको आलोचना गर्दै यथास्थितीवादी सरकारले शिक्षा क्षेत्रमा आमुल परिवर्तनको ढोका खोल्न नसक्ने वताउनुभयो ।

एमाले नेता प्रदीप ज्ञवालीले दलहरुकै खिचातानीका कारण शिक्षा क्षेत्रपनि दर्दनाक स्थितीमा पुगेकोले यसवारेमा सम्वन्धित पक्ष वेलैमा गंभिर वन्नुपर्ने बताउनुभयो । कार्यक्रममा शिक्षकहरुले भने सरकारले प्रतीवद्धता गरे अनुरुप आफ्ना मागवारे कुनै सम्वोधनको पहल नगरेको प्रती चिन्ता व्यक्त गरेका थिउ । उनीहरुले सरकारले आफ्ना मागहरु सरकारले पुरा नगरे चरणवद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: