बिजय गुरागाईं, मलेशिया, क्वालालम्पुर २२, – नेपाल मलेसियाको कुटनितीक समन्ध बिस्तारको पचासौं वर्ष पुगेको अवसरमा आउँदो जुन सात देखि दश सम्म चार दिन मलेसियामा स्वर्ण उत्सव मनाईने भएको छ ।mm
सन् १९६० मा नेपाल मलेसियाले कुटनीतिक सम्बन्ध बिस्तागरी दुई मुलकको दौत्य सम्बन्ध बनाएकोमा आउँदो जुन दश तारिख पचास वर्ष पुग्दै छ।
यहि पचास वर्ष पुगेको शुभ अवसर संगै नेपाल पर्यटन वर्ष २०११ लाई प्रचारप्रसार गरिने गरी स्वर्ण उत्सव मनाईने नेपाली दुतावास मलेसियाका राजदुत डा.ऋषि राज अधिकारीले बिहिबार आफ्नै कार्यलय स्थित नेपाल पत्रकार महासघं मलेसिया र गैरआवासिय नेपाली संघ मलेसिया शाखा सँग भएको छलफलमा जानकारी दिनुभयो। नेपालको संस्कृतिक नेपाली उत्पादन र पर्यटकीय बस्तु अबस्थाको प्रमुखताका साथ प्रचारप्रसार रहने सो उत्सवको लागि नेपालबाट उप प्रधानमन्त्रि तथा परराष्ट्र मन्त्रि सुजाता कोईराला मलेसिया आउने दुतावासले जनाएको छ।
चार दिनको कार्यक्रममा ७ जुनमा मलेसिया स्थित मिडीया सँग पत्रकार भेटघाट ,८ तारिख बिभिन्न नेपाली बस्तुको प्रचार तथा प्रदर्शन ९ तारिख सँग छलफल र १० तारिखमा बिभिन्न नेपाली साँस्कृतिक कार्यक्रम र नेपाली बस्तुको मुख्य प्रदर्शन परिचय लगायत मलेसियन बिदेश मन्त्रिको सहभागिताको कार्यक्रम रहेका छन्। उत्सवमा नेपालबाट आउँने चालिस भन्दा बढी स्टलहरु राखिने छन् जुन बस्तु अन्तराष्ट्रिय बजारमा पुर्याउन सकिने छ । उत्सव नेपाली दुतावास मलेसिया,नेपाल पत्रकार महासघं मलेसिया ,गैरआवासीय नेपाली संघ मलेसिया ,नेपाल एरलाईन्स मलेसिया र अन्य नेपाली संघ संस्थाहरुको आयोजनामा गरिने छ ।
Filed under: तराई नेपाल |
जवाफ लेख्नुहोस्