आगलागीमा लाखौंको क्षति चार दर्जन घर जलेर नष्ट

एक बच्चा जलेर गम्भीर घाईते

राधेश्याम, सिरहा चैत्र २२, – सिरहाको औरहीमा आईतवार साँझ भएको आगलागीमा लाखौंको धनसम्पति जलेर नष्ट भएको छ। आगलागीमा परी तीनजना घाइते भएका छन् ।mm

घाइते मध्ये उषा कुमारी यादवको अवस्था गम्भीर रहेको छ। घाइते यादवको उपचारको निम्ति धरान लागिएको छ भने अन्य दुईजनाको लहान अस्पतालमा उपचार भईरहेको छ।

स्थानीय सुभेश यादवको घरबाट फैलिएको आगो सोहि गाउँको वडा न. ५ ,६ र ७ मा फैलिएको थियो। आगलागी बाट करिव ४ दर्जन भन्दा बढी घर जलेर नष्ट भएको छ। आगोलाई स्थानीयबासी र पुलिस वारुण यन्त्रको सहयोगमा अवेर साँझ नियन्त्रित गरिएको थियो।आगो निभाउन आएको लहानको वारुण यन्त्रमा तेल सिद्धिएपछी अबेला आएको थियो भने जनकपुर बाट गएको वारुण यन्त्र ढिलोगरी पुगेकोले बढी क्षति भएको स्थानीयबासीहरुले बताएका छन।

साथै पर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीमा आईतवार यात्रुवाहक वस र ट्रक एकआपसमा ठोक्किदा सत्रह्जना घाइते भएका छन्। घाइतेहरु मध्ये दशजनाको अवस्था गम्भीर रहेको बुझिएको छ।वीरगंज देखि जनकपुर तर्फ आईरहेको ना ३ ख ४८९८ नम्बरको रुकिरहेको अवस्थामा रहेको बसलाई पूर्व देखि पश्चिम तर्फ गईरहेको लु १ ख ६३६१ नम्बरको ट्रकले ठक्कर दिएपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

दुर्घटनामा परि घाइते भएका मध्ये पाँचजना लाई वीरगंज ,पाँचजना लाई भरतपुर र दुईजनालाई जनकपुरमा उपचारार्थ राखिएको छ भने बाँकी पाँचजना लाई स्थानीय स्तरमै उपचार गरिएको प्रहरीले जनाएको छ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: