अपहरित बालकको स्थिति अझै अज्ञात

राधेश्याम लहान चैत्र २३ –  लहान नगर पालिका वडा न. १ कृष्ण टोल वाट चैत २१ गते राती अज्ञात समुह द्वारा अपरहणमा परेका एक जना बालकको अवस्था हाल सम्म अज्ञातै रहेको छ । अपहरण हुनेमा लहान नगरपालिका वडा नम्बर-१ कृष्ण टोल वस्ने गरिव साह को १२ वार्षिय छोरा शुवास साह मनु रहेका छन् । वालक साह राती करिब ८ वजे तिर लहानको वाडा प्रहरी कार्यालय नजिकै रहेको आफनै पसल वाट घर फर्कने क्रममा चारैतिर प्रहरीको डिउटी रहैकै समयमा चौक बाटै बेपता भएको परिवारजनले बताएका छन् ।

कापी कलम र साईकल लिएर घर तर्फ गईरहेका शाहले प्रयोग गरेका साईकल चौकमा रोकेर राखेको ट्रकको छेउमा साईकल मात्र फेला परेको पिडित परिवारले जानकारी दिएका छन । यता मानब अधिकार केन्द्रका केन्द्रीय अध्यक्ष शिब नारायण िसंह द्वारा हस्ताक्षरित बिज्ञप्तिमा नाबालक शाहलाई बिना शर्त सकुसल रिहाइको माँग गरिएको छ । साथै बिज्ञप्तिमा जो सुकैले अपहरण गरेको भए पनि यस्ता मानबता बिरोधी बाल अधिकार बिरोधी कृयाकलाप अविलम्व बन्द गर्न आग्रह गरिएको छ ।

यसै विच वडा प्रहरी कार्यालय लहानले अपहरण कस्ले र किन गरेको हो भनी खुल्न नसकेको भन्दै खोजी कार्यभईरहेको जनाईएको छ । यसै विच स्थानियवासीले प्रहरी तलव पकाउनका लागी र व्यापारीहरुसंग राती कमिशन खानको लागी डिउटीमा वसिरहेको व्यापारी सुनील कमार गुप्ता लगायत स्थानिय व्यापारीहरुले आरोप लगाएका छन ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: