एमाले पर्साद्धारा नया संविधानका अन्तरबस्तुमा छलफल

ओमप्रकाश, बीरगंज, चैत्र २३, – नेकपा एमाले पर्साले आज बीरगंजमा नया संविधानका अन्तरवस्तु अन्तरक्रियात्मक छलफल २०६६ को आयोजना गरेको छ ।mm

 
एमालेका वैकल्पिक केन्द्रीय सदस्य रामचन्द्र साहले नया बन्न लागेको संविधानको लागि समय निकै कम तर निर्माण गरिएको ११ वटा समितिमा भएको विवाद र त्यस विवादमा नेकपा एमालेको आफनो धारणा ’boutमा स्पष्ट पार्नु भयो । प्रमुख अतिथिको आसनबाट बोल्दै साहले एकीकृत नेकपा माओबादीको लडाकुलाई जनमुक्ति सेना भन्न नमिल्ने, भाषाको हकमा केन्द्रीय सरकारको कामकाजको भाषा देवनागिरी भाषा भएपनि प्रदेशहरुमा प्रादेशिक भाषा नै कामकाजीको भाषा हुनु पर्ने एमालेको धारणा रहेको बताउनु भयो ।

ब्यवस्थापकिय अगंको रुपमा जम्मा दुइ वटा मात्रै अगं रहने जानकारी गराउनु भयो । एउटा प्रतिनिधि सभा र अर्को राष्टिय सभा रहने एमालेको मान्यता रहेको स्पष्ट पार्नुभयो । त्यसैगरी न्यायप्रणाली निर्धारणको हकमा सर्वोच्च अदालतमा कार्यरत न्यायाधिसहरुमध्ये बाटै प्रधान न्यायाधिश छानिनु पर्नेमा एमालेको मान्यता रहेको स्पष्ट पार्नु भयो । संवैधानिक ब्यवस्थाको सम्बन्धमा एमालेले आत्म निर्णयको अधिकारको हकमा देशबाट छुटिने वा अलग हुने अधिकार नभई आफनो प्रदेशको बिकासको लागि मात्र हुने एमालेको धारणा रहेको स्पष्ट पार्नुभयो ।

अन्तरक्रियात्मक छलफलमा विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न संघ संगठनका पदाधिकारीहरुले आफनो धारणा राख्नु भएको थियो । कार्यक्रमको अध्यक्ष्ँता नेकपा एमाले पर्साका अध्यक्ष बिजय महतोले गर्नु भएको थियो ।

 

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: