मैनबत्ती उद्योगमा भिषण आगलागी

ओमप्रकाश, वीरगंज, चैत्र २४, – वीरगंज उपमहानगरपालिका वडा नम्बर १३ आदर्शनगरस्थित मैनबत्ती उद्योगमा मंगलबार अपरान्ह भिषण आगलागी भएको छ ।mm

सुरज अग्रवालको निवासमा रहेको मैनबत्ती उद्योगमा अपरान्हदेखि एक्कासी शुरु भएको आगलागिबाट करिब २० लाख रुपैयाँ मुल्य बराबरको क्षति भएको छ । लोडसेडिङका कारण उद्योगभित्र मैनबत्ती बालेर काम गरिरहेको अवस्थामा असावधानीवश मैनबत्तीबाट आगो सल्किएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

कलैया नगरपालिका, नेपाल आयल निगमको अमलेखगन्जस्थित डिप्पो र रक्सौलबाट बिहार अग्नी नियन्त्रण सेवाबाट ल्याइएको तीनवटा दमकलको सहयोगमा आगलागी साँझ ६ बजे नियन्त्रणमा लिइएको छ । आगलागी नियन्त्रणमा नेपाल र सशस्त्र प्रहरीका साथै स्थानीयबासिन्दा खटिएका थिए । वीरगन्ज उपमहानगरपालिकासँग रहेको दुईवटा मध्ये एउटा दमकल बिग्रिएर थन्किएकाले वीरगन्ज नगरको कुनै पनि ठाउँमा ठूलो आगलागी भएमा शहर बाहिरबाट थप दमकल मगाउनुपर्ने अवस्था सिर्जना भएको छ ।
 
एउटा दमकल समेत ग्रामीण क्षेत्रमा भएको आगलागि नियन्त्रणका लागि गएकाले आज बाहिरबाट दमकल आएको थियो । वीरगंज उपमहानगरपालिका कार्यालयले चैत महिनादेखि जेठ महिनासम्म हावा हुरी र सुख्खा मौसमका कारण आगलागीको व्यापक सम्भावना हुने भएपनि दमकल जस्तो संवेदनशील सेवालाई दुरुस्त नराखेको भन्दै नगरवासीले चर्को आलोचना गरेका छन् । एक साताभित्र दोश्रो पटक वीरगन्जमा आगलागीको घटना भएको हो । यसअघि गत शुक्रबार वीरगन्जको बाइपास रोडमा रहेको झुपडीमा आगलागि हुँदा पनि कलैयाबाटै दमकल मगाउनु परेको थियो ।
 
त्यस्तै पर्साको शीबर्वा गावीस ४ मा आज दिउसो ३ बजे आगलागि हुँदा ४ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय चन्दा महरा चमारको घरमा खाना पकाउदा सल्किएको आगोले रामचन्द्र महरा चमार ,जमुना महरा चमार र भिखर महरा चमारको घर जलेर नष्ट भएको प्रहरीले बताएको छ । वीरगंजबाट गएको बारुणयन्त्र ,स्थानीयबासीन्दा र प्रहरीले आगो एक घण्टा पछि नियन्त्रणमा लिएका थिए ।
त्यस्तै बिहान पर्साको भिस्वा गाविसमा आज भएको आगलागिमा एकलाख पचास हजार मुल्य बाराबरको धनमाल जलेर नष्ट भएको छ । भिस्वा गाबिश वडा नम्बर पाँच निवास दिप साह कानुको घरमा भएको आगलागिमा घरमा रहेको लत्ता ,कपडा , फर्नीचर र किराना सामान जलेर डेढ लाख मुल्य बाराबरको क्षती भएको पिडीत साहले जानकरी दिनुभयो । खाना पकाउन बालीएको आगोबाट सल्कीएर भएको आगलागि प्रहरी चौकी भिस्वा र स्थानीय बासीन्दाको सहयोगमा आगो आधा घण्टा पछी नियन्त्रणमा लिइएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: