बालक अपहरणको विरोधमा लहान बन्द

सिराह , चैत्र २५, – अपहरण भएको पाँच दिनसम्म पनि बालकको पत्ता लगाउन प्रशासन असफल भएको विरोधमा आज बिहानदेखि लहान बजार बन्द गरिएको छ। लहानको उद्योग वाणिज्य संघले बजार बन्द गर्न आह्वान गर्दै गरेको रिक्सालाई प्रहरीले नियन्त्रणमा लिएको छ।mm

पूर्वपश्चिम राजमार्गको लहान मुख्य चोकबाट एक स्कुले बालक किताब लिएर घर फर्कंदै गर्दा अपहरित भएका थिए।अपहरणकारीले फोन गरेर ५० लाख फिरौती मागेका छन्। अपहरित बालक सुवासका पिता गरिब साहका अनुसार अपहरणकारीले पछिल्लोपटक मंगलबार दिउँसो १ बजेतिर फोन गरेका थिए।
५० लाख रुपैयाँ मागेपछि गरिबले अपहरणकारीसँग भने, ुमसँग पैसा छैन, १ लाखमात्र बुझाउन सक्छु। अपहरणकारीले भने, ुअपहरण गर्नमात्रै ५ लाख खर्च लागेको छ।ु गरिबका अनुसार अपहरणकारीले ४र५ लाख रुपैयाँसम्म डिस्काउन्ट गर्न सकिने बताएका छन्। अपहरणकारीले फिरौती बुझाउन ४८ घन्टाको अल्टिमेटम दिएका छन्।
अपहरणकारीले जनकपुर अञ्चलबाट झिकिएको नेपाल टेलिकमको प्रिपेड मोबाइल प्रयोग गरिरहेका छन्।अपहरित बालकको खोजीमा कुनै उपलब्धि हात नलागेको प्रहरीले बताएको छ भने पीडित परिवार र स्थानीयले प्रहरीले अनुसन्धान र खोजीमा पर्याप्त पहल नगरेको आरोप लगाएका छन्। साथीको घरबाट किताब लिएर आउँदै गर्दा स्थानीय विद्यालयमा कक्षा चारमा पढ्ने सुवासलाई लहानचोकबाट शनिबार साँझ अज्ञात समूहले अपहरण गरेको थियो।
छोरालाई मुक्त गराउन पहल गरिदिन मंगलबार गरिबले उद्योगी(व्यापारी, बुद्धिजिवीसँग आग्रह गरेका छन्। उनीहरूसँग साह परिवारले छोराको खोजीमा प्रहरीले बेवास्ता गरेको गुनासो गरेका थिए।
लहान उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनील महतोले प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवलाई फोनमार्फत पीडितको अवस्था बुझ्न आग्रह गर्दा उनले ुफुर्सद छैनु भनेको बताए। संघको नेतृत्वमा मंगलबार वडा प्रहरी कार्यालय पुगेको सर्वपक्षीय टोलीले घटनाको उपलब्धि’bout जानकारी मागेका थियो।
प्रहरी निरीक्षक विपीन रेग्मीले अपहरित बालकलाई सकुशल मुक्त गराउन प्रहरी लागिपरेको बताएका छन्। सम्भावित स्थानमा ुसर्च अपरेसनु जारी रहेको सशस्त्र प्रहरीका निरीक्षक दिनेश श्रेष्ठले बताए।
प्रहरी नायव उपरीक्षक सानु थपलियाले गोप्य तरिकाले खोजी गरिरहेको बताए। अपहरणकारीले फिरौती माग्न प्रयोग गरेको सिमकार्डमाथि पनि अनुसन्धान भइरहेको उनले बताए। घटनालाई प्रहरीले गोप्य ढंगबाट हेरिरहेको छ, उनले भने, सानो गल्तीले बालकको ज्यान जान सक्छ।
उद्योग वाणिज्य संघले २४ घन्टाभित्र बालकको सकुशल उद्धार गराउन प्रहरी प्रशासन असफल भए बुधबार लहान बन्द गर्ने चेतावनी दिएको थियो। 
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: