फोरम पनि सरकार विरुद्ध सडक र सदनमा

विराटनगर, चैत्र २५, – मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले सहमतिको राष्ट्रिय सरकार बनाउन आफ्नो पार्टीले सडक र सदन दुवै ठाउँबाट आन्दोलन अघि बढाउने बताएका छन् ।mm

उनले समयमा संविधान जारी गर्न , शान्ति प्रकृया टुंगोमा पुर्‍याउन तथा शान्तिसुरक्षा बहाली गर्ने तीनवटै एजेण्डामा सरकार असफल भएपछि प्रधानमन्त्री माधवकुमार नेपालले राजनीनामा दिनुको विकल्प नभएको पनि बताए । फोरमले बुधबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा उनले भने, अब माधवकुमार नेपालजीले लिडेढिपी गरेर हुँदैन । राष्ट्रिय समहितको सरकार बनाउने बाटो खुला गर्नुपर्छ । नयाँ संविधानको कार्ययोजनामा ध्यान दिनुको साटो अहिलेको सरकारले त्यसै समय खेर फालेको भन्दै उहाँले भन्नुभयो अब समय पुगेन । संविधान जेठ १४ मा आउदैन भन्नु गलत हो ।

माओवादीले सरकारविरुद्ध सदनमा अविश्वास प्रस्ताव ल्याउने बताइरहेका बेला फोरमले उसलाई साथ दिने नदिने विषयमा छलफल हुन बाँकी रहेको अध्यक्ष यादवको भनाइ थियो । शहरी बिद्रोहबाट सत्ता कब्जा, सडकबाट संविधान लगायतका माओवादीले उठाएका नारा फोरमलाई मान्य नभएको उनले सुनाए । 

तर सदनमा सरकाररुद्धि दलहरुसँग सहकार्य हुनसक्ने संकेत गर्दै उनले थपे, यसका लागि हामीलाई सदनबाटै जारी हुने लोकतान्त्रिक संविधान मुख्य माग हो । हाम्रा मुद्दामा साथ दिन माओवादी तयार भए अहिलेको सरकारका विरुद्ध मिलेर पनि जान सकिन्छ । तर, सरकार ढालेर कुनै पार्टीले बहुमतकै आधारमा सरकारको नेतृत्व दावी गरिरहे सहमति बन्न नसक्ने उनको भनाइ थियो । कार्यक्रममा फोरमका सहअध्यक्ष जयप्रकाशप्रसाद गुप्ताले सत्ताधारी दलभित्रै अहिलेको सरकारसँग असन्तुष्टीका कुरा आएपछि विकल्प खोज्न दलहरुको सहमति आवश्यक भएको बताए । 

संविधान निर्माणका लागि पेश भएका ११ वटा मस्यौदामध्ये आठवटा विवादास्पद रहेकाले त्यसमा राजनीतिक सहमति बनाउने समय छोटिदै जाँदा पनि राष्ट्रिय सहमतिको सरकार बनाउनेतर्फ दलहरु उदासिन हुनु राम्रो संकेत नभएको उनको भनाइ थियो । 

विवादास्पद मस्यौदाहरुमा सहमति जुटाउन निर्धारित ३० दिने म्यादमा तीन दिनमात्र बाकी भएपछि अब बन्ने संविधान जनताको समर्थन जुटाएर जारी गराउन सजिलो नभएको उनको तर्क थियो । गुप्ताले भने, सदभावना, फोरम लोकतान्त्रिक र तमलोपा सरकार टिकाउन लागि परेका छन् , उनीहरु संविधान बनाउने र मधेसका मुद्दामा बहस चलाउन हैन , कमाउन सरकारमा बसेका छन् । मधेसी , जनताजाति र रुपान्तरणका पक्षधर जनताका लागि अहिलेको सरकारको विकल्प आवश्यक रहेको उनको भनाइ थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: