• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

सिरहा र सप्तरीको छुटाछुटै स्थानमा आगलागी लाखौको क्षती

लहान ,चैत्र २६  – गएराती सिरहा र सप्तरीका छुटाछुटै स्थानमा भएको आगलागीबाट अस्सी लाख मुल्य बराबरको क्षती भएको छ । दुई दर्जन भन्दा बटी चौपाया जलेर मरेका छन् । सिरहाको मोहनपुर कमलपुरमा हिजो साँझ भएको आगलागीमा १५ लाख रुपैयाको क्षति भएको छ । स्थानिय छेदी लाल चौधरीको घरमा गहुँ झार्न प्रयोग भएको थ्रेसरबाट सल्केको आगोले शुनिल चौधरी ,दर्पलाल चौधरी लगायत ६ जनाको १४ वटा घर ,घरमा रहेको रुपैया पैसा, धान चामल लगायतका समान जलेर नष्ट हुदा सो परिणामको क्षति भएको पीडितले बताएका छन।

आगो स्थानियबासी र प्रहरीको सहयोगमा दुई घन्टा पछि लहानबाट गएको बारुण यन्त्रले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । त्यसैगरी गएराती सप्तरीको भारदह गाबिस वडा नम्बर ६ बस्ने स्थानीय नथ्थु इसरको घरबाट शुरु भएको आगलागीबाट ५० लाख मुल्य बराबरको क्षती भएको छ । स्थानीय ईसर मन्डल ,भीम राज मन्डल ,राज कुमार मन्डल, दुखी मन्डल लगायतका ब्यत्तिका तीसवटा घर जलेर नष्ट हुदा सो परिणमको क्षति भएको हो।

सोही आगलागीमा परी दुई दर्जन चौपाया समेत जलेको पिडित हरुले बताएका छन। त्यसैगरी सप्तरीको नकटी राईपुर गाबिसमा भएको आगलागीमा दश परिवारका २० वटा घर जलेर नष्ट हुदा२० लाखको क्षती भएको छ । त्यसैगरी सम्भुनाथ गाबिसमा हिजैराती भएको आगलागीका नथुनी मन्डलको घरबाट शुरु भएको आगलागीबाट ५ लाख मुल्य बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय सिरहा र सप्तरीले जनाएको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: