• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

फोरम कार्यकर्ताद्धारा पत्रिकामा आगजनी

ओमप्रकाश, बीरगंज, चैत्र २७, – मधेसी जनअधिकार फोरम नेपालको कार्यकर्ताले मधेस बन्दको समाचार प्रकाशित नगरेको भन्दै आज बीरगंजमा फोरम र्समर्थक प्रदर्शनकारीहरुले कान्तिपुर, नया पत्रिका र नागरिक दैनिक पत्रिकालाई आगो लगाई दिएका छन् ।mm

 
फोरमले आहृवान गरेको दुइ दिने मधेस बन्दको क्रममा हिजो चैत्र २६ गतेको बन्दको समाचार नछापेको भन्दै फोरम समर्थक प्रदर्शनकारीले पत्रिका बोकेको गाडीलाई रोकेर कान्तिपुर दैनिक, नया पत्रिका दैनिक र नागरिक दैनिक पत्रिका ल्याएर आगो लगाई दिएका हुन । प्रदर्शनकारीले आफनो पार्टीको बन्दको समाचार नलेख्ने र नछापने पत्रिकालाई हामी मधेसमा पूर्णरुपमा वहिष्कार गर्र्छौ भन्दै बीरगंजको घण्टाघरचौकमा सयौ सुरक्षाकर्मीको सामु पत्रिकामा आगो लगाएका थिए ।


फोरम जिल्ला अध्यक्ष्ँ शशिकपुर मियाको नेतृत्वमा भएको दोस्रो दिनको बन्द सफल पार्न प्रदर्शनकारीहरुले विहानैबाट बीरगंजको चौकचौकमा टायर बालेर यातायात अवरुद्ध पारेका थिए । बन्दको कारण बीरगंजबाट चल्ने लामो तथा सानो दुरीका सबै सवारीसाधनहरु ठप्प रहयो भने, बन्दले गर्दा बीरगंज बजार, वित्तिय संस्थाहरु, शिक्षण संस्थान लगायत औधागिक कलकारखाना पूर्णरुपमा बन्द रहेको छ । बन्दलाई सफल पार्न प्रदर्शनकारीहरुले विहानैबाट बजारमा मोटरर्साईकल समेतलाई चल्न दिएको छैन ।

प्रदर्शनकारीहरुले बन्दको अवज्ञा गरेको भन्दै प्रेस चौतारी पर्साका अध्यक्ष जिवनलाल श्रेष्ठ चढेको ना. १० प. २२९ नम्बरको मोटरर्साईकललाई तोडफोड गरेका छन् । पत्रकार श्रेष्ठले चढेको मोटरर्साईकलमा प्रेस लेखेको भएपनि जानाजानी प्रदर्शनकारीले मोटरर्साईकल तोडफोड गरेका थिए । पत्रकारको मोटरर्साईकल तोडफोडको बिषयमा जिल्ला उपाध्यक्ष प्रदिप यादबले क्षमायाचना गर्दै मोटरर्साईकल मर्मत गरिदिने प्रतिबद्धता समेत गरेपछि विवाद थामथुम भएको थियो ।

प्रदर्शनकारीले ना.५ प. ६२१४, ना. ५ प. ३७११ र ना. ११ प. ८८५० नम्बरको मोटरर्साईकललाई पनि तोडफोड गर्नुको साथै एक मोटरर्साईकल धनी अर्जुन चौधरीलाई कुटपिट समेत गरेका छन् । यता सुरक्षार्थ खटिएका प्रहरी सहायक निरिक्षक बालकनाई ठाकुरले घटनालाई थामथुम पार्नुको साटो उल्टै प्रदर्शनकारीलाई उस्काउदै गर्दा स्थानीय पत्रकारसंग विवाद समेत भएको थियो ।

पत्रकारले प्रेस लेखेर चढेको मोटरर्साईकलमा प्रदर्शनकारीले तोडफोड गरेको विरोधमा राष्टिय फोटो पत्रकार समुह पर्साले एक प्रेस विज्ञप्ति जारी गर्दै, घटना एकदमै निन्दनिय भएको बताउदै घटनाको छानविन गरी दोषीमाथि कडा कारवाहीको माग गरेको छ । 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: