• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

बन्दले तराईको जनजीवन प्रभावित

जनकपुरधाम, चैत्र २७, – मधेसी जनअधिकार फोरमले गरेको दुई दिने तराई बन्दको दोश्रो दिन आज पनि तराई क्षेत्र प्रभावित बनेको छ । बन्दका कारण पूर्वी, मध्य तथा पश्चिम तराईका अधिकांश जिल्लाको जनजीवन प्रभावित भएको छ ।mm
 
मोरङ, सिराहा, सप्तरी, पर्सा, रौतहट, जनकपुर, नबलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुरलगायत जिल्लामा लामो तथा छोटो दूरीका सवारी साधन चलेका छैनन् । बन्दका कारण तराईका अधिकांश जिल्लामा यातायात, कलकारखाना, बजार, शिक्षण संस्था ठप्प छन् ।
 
संयुक्त मधेसी मोर्चासँग सरकारले गरेको सम्झौता कार्यान्वयनको माग गर्दै फोरमले आजसहित दुई दिने तराईका जिल्ला बन्द आह्वान गरेको हो । समयमै संबिधान निर्माण तथा राष्ट्रिय सहमतिको सरकार गठनको मुद्दालाई पनि सँगसँगै उठाएर आमहड्तालमा उत्रिएको फोरम हाल दोस्रो चरणमा आन्दोलनरत छ ।
 
बन्दको क्रममा बाराको सदरमुकाम कलैयामा झडप भएको छ । फोरमका कार्यकर्ताले पसल बन्द गराउने क्रममा एक पसलेलाई कुटपिट गरेपछि झडप भएको हो । बन्दको अवज्ञा गरेको भन्दै फोरम कार्यकर्ताहरुले स्थानीय मनिस बर्माको पसलमा तोडफोड गरी उनलाई कुटेपछि झडप सुरु भएको थियो । झडपमा परी दुबैतर्फा गरी ६ जना भन्दा बढी घाइते भएका छन् । व्यापारीहरुले बन्दकर्ताको प्रतिकार गरेका थिए ।
 
फोरमको दुई दिने घोषित बन्दको पहिलो दिन सप्तरीको जनजीवन प्रभावित भएको छ । बन्दका कारण सप्तरी सदरमुकाम राजविराजबाट सञ्चालन हुने कुनैपनि सवारी साधान सुचारु हुन सकेको छैन भने फाटफुट रुपमा खुलेका पसलहरुलाई पनि फोरम कार्यकर्ताहरुले बन्द गराएका छन् । सप्तरीको भारदहस्थित पुर्वपश्चिम राजमार्गमा फोरम कार्यकर्ताहरुले सडक जाम गरेको छ । फोरम भारदहका सचिव रामु विश्वासका अनुसार आफुहरु शान्तिपुर्ण तरिकाले राजमार्ग बन्द गरेको जनाईएको छ । बन्दबाट अहिलेसम्म जिल्लामा कुनै किसिमको अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएका छन् ।
 
फोरमको बन्दका कारण नेपालगंज, कोहलपुर लगायतका क्षेत्रको जनजीवन बिहानैदेखि प्रभाबित भएको छ । नेपालगंजबाट लामो तथा छोटो दुरीका सवारी साधनहरु छिटपुट रुपमा संचालनमा आएका छन् । बन्दका कारण नेपालगंजको त्रिभुवन चौक, धम्बोझी चौक, त्रिभुवन चौक, घरबारी टोल लगायतका प्रमुख बजारहरु बन्द छन् ।
 
बन्द गराउदै हिडेका फोरम कार्यकर्ता र प्रहरीबीच मध्यान्ह केहीबेर नेपालगन्जको बिपी चोकमा सामान्य तनाव उत्पन्न भएको छ । त्यस क्रममा मधेशी बिद्यार्थी फोरमका केन्द्रिय उपाध्यक्ष रामसिंह सोनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस क्षेत्रमा बिहानै देखि लामो दुरीका सवारी साधन ठप्प छन् भने छोटो दुरीका सवारी साधन छिटफुट रुपमा संचालनमा आएको कोहलपुर प्रहरीले जनाएको छ ।
बन्दका प्रभाव दाङमा पनि बिहानैदेखि परेको छ । फोरमको बन्दका कारण दाङमा छिटफुट रुपमा मोटरसाइकल मात्र चलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दाङको पूर्वपश्चिम राजमार्गमा लामो रुटका गाडीहरु पनि सञ्चालनमा आउन सकेका छैनन भने जिल्लाबाट बाहिरीने र भित्रिने गाडिहरु पनि सञ्चालनमा आउन सकेका छैनन् । सरकारसंग भएको २२ बुँदे र ८ बुँदे माग कार्यान्वयनका लागि भन्दै फोरमले बन्दको आब्हान गरेको जनाएको छ ।
 
फोरमले आहृवान गरेको दुई दिने आमहड्तालको पहिलो दिन पूर्वी तराईका सबै जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण विराटनगरबाट बाहिरिने र भित्रने लामो तथा छोटो दुरीका सवारी साधनहरु संचालनमा आउन नसकेको पुर्व क्षेत्र प्रहरी कार्यालय विराटनगरले जनाएको छ । बन्द सफलपार्न फोरमका कार्यकर्ताहरु मुख्य राजमार्गहरुमा प्रदर्शन गर्दै बसेको जनाइएको छ ।
फोरम कार्यकर्ताहरुले सुनसरीको जमुवा चौक, सप्तरीको भारदह, कदमाहा, रुपनी, सिराहाको लहान , मिर्चैया लगायतका चौकहरुमा प्रदर्शन गर्दै राजमार्ग अबरुद्ध पारेको प्रहरीले जनाएको छ । आमहड्तालका कारण उद्योग, कलकारखाना, शैक्षिक संस्था, वजार पसलहरु सबै ठप्प हुँदा जनजीवन प्रभावित वनेको छ ।
 
वन्दका कारण सुनसरीको सदरमुकाम ईनरुवा, ईटहरी, मोरङको विराटनगर, सप्तरी, र सिरहामा यातायात सेवा ठप्प भएपनि झापा जिल्ला र धरानमा आन्तरिक सवारी साधन संचालनमा रहेको प्रहरीले जनाएको छ । तर सडकमा फाट्टफुट्ट रुपमा मोटरसाईकल, टेम्पोहरु गडिरहेको र भित्री पसलहरु खुल्ला रहेको जनाइएको छ । विगतमा जिल्ला प्रशासन कार्यालयमा धर्ना, प्रर्दशन , मशाल जुलुसहरु गर्दै आएको फोरमले दुईदिने आमहड्ताल पछि पनि सरकारले सहमती कार्यान्वयन गर्नेमा चासो नदेखाए कडा संघर्षका कार्यक्रम ल्याउने चेतावनी दिएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: