• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

सशस्त्र र तस्करबीच झडप, ६ सर्वसाधारण घाइते

ओमप्रकाश, बीरगंज, चैत्र ३०, – बीरगंज भन्सार कार्यालय अगाडी पोके तस्कर र सशस्त्र भन्सार राजश्व गस्ती टोलीबीच भएको झडपमा ४ महिला सहित करिव आधा दर्जन सर्वसाधारण घाइते भएका छन् ।mm

 
करिव १५ र २० जनाको समुहमा आएका पोके तस्करहरुले भारतको सीमावर्ती शहर रक्सौलबाट अवैद्य तरिकाले नेपाल भित्रयाउदै गरेको अवस्थामा भन्सार कार्यालयमा खटेको सशस्त्र प्रहरीले रोकेर चेकजाच गर्न खोज्दा सो झडप भएको हो । भन्सार छलेर ल्याएको चिनी, चामल, अण्डा, काजु, प्रिन्टर, इन्भर्टर, कसमेटिक सामान पावडर, क्रिम सेम्पु, १ क्विन्टल बल्टु, अगरबत्ति, डोरी र इलेक्ट्रोनिक्सका सामान लगायत औषधीको पोकालाई रोकेर चेक गर्ने क्रममा विरोध गरेपछि सो झडप भएको थियो ।

 

झडपछि सशस्त्र प्रहरीले स्थिती नियन्त्रणमा लिन लाठी चलाउदा ६ सर्वसाधारण घाइते भएका छन । घाइते हुनेमा राहुल कुमार रौनियार, विजय कुमार यादब, दिनेश साह लगायत ४ जना महिला घाइते भएका छन । त्यसैगरी झडपको क्रममा सशस्त्रले बीरगंज १९ निवासी केदार प्रसाद चौधरीलाई पक्राउ गरी लगेको छ ।
सशस्त्रले सर्वसाधारण जनतामाथि अन्धाधुन्ध लाठी चलाएको विरोधमा स्थानीयबासीले कडा विरोध गरेका छन् । तस्करहरु भने सबै पहिले नै फरार भइसकेका थिए । जानकारका अनुसार दिनभरी नै जसो सयौ पोके तस्करहरु भन्सार अगाडी खटेका सुरक्षाकर्मीसंग हात मिलाउदै नेपाल भित्रिने गरेको दृश्य देख्दै आएका सर्वसाधारणले यस्तो सहज अवस्थामा तस्करी हुदै आएकोमा आज पोके तस्करीको माल रोक्नुलाई शायद महिनावारी कुरा नमिलेको कारण यो बवाल भएको हुन सक्ने अनुमान लगाएका छन् ।


झडपपछि भन्सारको सुरक्षर्थ थप सुरक्षाकर्मीलाई परिचालन गरेपछि स्थिती अहिले प्रहरीको नियन्त्रणमा रहेको छ । यता पोके तस्करहरुको विरोध भने अझैपनि जारी नै रहेको छ । गत केही दिन पहिले पनि भन्सार छलेर ल्याएको सामान रोकेको विरोधमा तस्कर र सशस्त्र प्रहरीबीच ठुलै झडप भएको थियो । 

One Response

  1. Yo ta sahi kura ho ki bansaar ma bhayeko prahari le commission payeko bela rokeko thiyena ra napaauda rokeko ho. Yato samachaar ta bela bela ma aai rahanchh. yo kunai naya samachaar hoina.
    Thanks

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: