• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

युनिटी शुभकामना साँझ आज कतारमा प्रदर्शन हुँदै

नव वर्ष २०६७ को शुभ अवसर पारेर युनिटी लाईफ इन्टरनेशनल लि. को विशेष सहयोग र सहभागितामा ‘युनिटी शुभकामना साँझ’ आज अप्रिल १६ तारिखको दिन भव्य तयारीको साथ दोहा सिनेमा हलमा प्रदर्शन हुन गईरहेको छ ।mm

अनेकतामा एकता, असमानतामा समानता र समयसँगै युनिटी लाइफको प्रतिबद्धता’ भन्ने नाराको साथ कतारवासी नेपालीहरुको लागि नितान्त स्वस्थ मनोरञ्जनको लागि कार्यक्रम प्रस्तुत गर्न लागिएको उक्त कार्यक्रमका आयोजक तेजेन्द्र महतले नेपाल कतार अनलाइनलाई बताए । सोही दिनमा ३ चरण गरी प्रदर्शन गर्न लागिएको सो कार्यक्रम पहिलो प्रदर्शन १२:३० दोश्रो प्रदर्शन ३:३० मा र तेश्रो चरणको प्रदर्शनी ६:३० मा हुने कुरा पनि आयोजकले बताए । कतारको कानुनी मर्यादालाई मध्यनजर गर्दै शोभनीय प्रस्तुती मात्र पस्कने बचनबद्धता गर्दै यस पटक अलग र नेपाली गीत संगीतलाई प्राथमिकता दिने कुरा पनि जानकारी गराए ।

 

महतको यो आठौँ प्रस्तुतीमा कुशल तथा ख्यातिप्राप्त कार्यक्रम सञ्चालक सुरजसिंह ठकुरी, नायिका उषा पौडेल, गायिका सत्यकला राई, गायकमा रामचन्द्र काफ्ले र हेमन्त शर्मा, गीतकार तथा गायिका लिलु गुरुङ,नायिका रंजिता गुरुङ, हास्य कलाकार जितु नेपाल, नृत्य निर्देशक गजित विष्ट, गायिका तथा मोडेल निशा सुनुवार र ख्यातिप्राप्त लोकगायक राजु परियार सवै कतार आइसकेका छन् । मुख्य प्रायोजक भोडाफोन कतार रहेको सो कार्यक्रममा भोडाफोन कतारको विशिष्ट व्यक्तित्वहरुको पनि उपस्थिती रहने छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: