• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

समाचार प्रकाशन नगरेकोमा पत्रिकामा आगजनी

पर्सा, वैशाख ५, – आफ्नो र्‍याली सम्बन्धि समाचार प्रकाशित नभएको भन्दै हिन्दू युवा संघ नामक संस्थाका कार्यकर्ताले आइतबार बिहान वीरगंजमा कान्तिपुर र अन्नपूर्णपोष्ट दैनिक पत्रिका जलाएका छन् ।mm

 समाचार प्रकाशित नभएको दाबी गरिएपनि पनि संघको समाचार आइतबारकै कान्तिपुर दैनिकमा प्रकाशित भएको छ । कान्तिपुरको आइतबारको पृष्ठ १२ मा संघको शनिबार वीरगंजमा सम्पन्न र्‍याली सम्बन्धि समाचार प्रकाशित भएको छ ।

संघका कार्यकर्ताले वीरगंजबाट प्रकाशित हुने दैनिक प्रतीक पनि जलाएका छन् । उक्त दैनिकले आफूहरुलाई राजावादी शब्दको प्रयोग गरी समाचार प्रकाशित गरेको भन्दै उनीहरुले पत्रिका जलाएका हुन् । बिहान करीब ७ बजे माइस्थानमा रहेको झिंगु पत्रिका पसलबाट कान्तिपुर दैनिककको छ सय थान पत्रिका रहेको बन्डल खोसेर उनीहरुले जलाएका थिए । पसल खोले लगत्तै बन्डल खोसेर जलाइए पछि कान्तिपुरका यहास्थित थुप्रै नियमित ग्राहकले आइतबारको अंक पढनै पाएनन् । आफूहरुलाई सूचनाको अधिकारबाट बन्चित गराइएको भनि कान्तिपुरका नियमित पाठकहरुले खेद व्यक्त गरेका छन् । समाचार प्रकाशित हुदा हुदै पनि नभएको भनि पत्रिका जलाइनुलाई कान्तिपुर बिरुद्ध गरीएको सुनियोजित षडयन्त्र भनि पाठकहरुले प्रतिक्रिया जनाएका छन् ।
आफूलाई संघको बरिष्ठ सल्लाहकार बताउने वीरगंज १३ का ४८ बषिर्य ज्योतीलाल साह,संघका उपाध्यक्ष २८ बषिर्य राजेश सिंह र सदस्य २५ बषिर्य बिनोद साहलाई प्रहरीले पत्रिका जलाउदै गरेको अवस्थामा गिरफ्तार गरेको छ । उनीहरुको गिरफ्तारीको बिरोधमा संघका कार्यकर्ताले वीरगंज बजार बन्द गराउदै हिडेका छन् ।
 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: