काठमाडौं ,बैशाख ६ – एमआरपी प्रकरणमा भारतसँग माफी माग्नुपर्ने भनी उपपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले दिएको अभिव्यक्तिप्रति सभासदहरुले आपत्ति जनाएका छन । व्यबस्थापिका संसदको आज बसेको बैठकको शून्य समयमा सभासदहरुले सरकारको जिम्मेवार व्यक्तिवाट आएको अभिव्यक्ती खेदजनक भएको बताए ।
एकीकृत नेकपा माओवादीका एकराज भण्डारीले एमआरपीको बिषयमा नेपाल सरकारले भारतसंग माफी माग्नुपर्ने भन्ने परराष्ट्रमन्त्री कोइरालाको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै कोइरालाले माफी माग्नुपर्ने बताउनु भयो् ।नेकपा एमालेकी उषकला राइले एमआरपी प्रकरणमा नेपालले भारतसंग माफी माग्नुपर्ने भन्ने परराष्ट्रमन्त्री सुजाता कोइरालाको अभिव्यक्ती खेद जनक भएको टिप्पणी गर्नु भयो ।
सभासदहरुले महङ्गी लोडसेडिङ्ग र शान्ति सुरक्षा लगायत जनजीविकाका बिषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । माओवादी सभासदहरुले शान्ति र संविधान निर्माणका लागि वर्तमान सरकार वाधक भएको दावीगर्दै तत्काल राजीनामा दिन माग गरेका थिए । संसदको आजको बैठकमा भौतिक योजना निर्माणमन्त्री विजयकुमार गच्छेदारले ग्रामीण खानेपानी तथा सरसफाइ विकास वोर्ड विधेयक र सडक बोर्ड पहिलो संशोधन विधेयक पेश गर्ने कार्यक्रम छ ।
Filed under: तराई नेपाल |
nepal sano desh vako le hindu prdhandesh banaunu parchh nepal ma 90% hindu matrai chhan
e hindu prdhandesh banaunu parchh nepal ma 90% hindu matrai chhan
hindu rastra 100%