• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

दुधको विबादले मिर्ठाई पसल बन्द

बीरगंज, बैशाख ८, – दुग्ध विक्रेता संघ र बीरगंजस्थित मिर्ठाई ब्यवसायीबीच दुधको मुल्य निर्धारणको बिषयलाई लिएर बिबाद भएपछि मिर्ठाई ब्यवसायीहरुले आजबाट बीरगंजको सबै मिर्ठाई पसलहरु बन्द गरेका छन् ।mm

 
आज बीरगंजका स्थानीय मिर्ठाई ब्यवसायीहरुले पत्रकार सम्मेलनको आयोजना गरी दुग्ध विक्रेता संघले दुग्ध बिक्रेताहरुको नाममा सर्वसाधारण उपभोक्ता तथा मिठाइ पसलमाथि ज्यादती गरेको आरोप लगाएका छन् । हिजो मंगलबार जिल्ला प्रशासन कार्यालयमा पर्सामा दुग्ध विक्रेता संघ र स्थानीय मिर्ठाई पसलेहरु बसेर छलफल गर्दा दुग्ध विक्रेता संघले प्रति लिटर दुधको ३६ रुपैया भन्दा कम नगर्ने अडान राखेपछि छलफल विना निष्कर्षको टुगंीएको थियो ।

केही दिन अघिसम्म २८ रुपैया प्रति लिटर दुध खरिद गरिरहेकोमा दुग्ध विक्रेता संघको अनुरोधमा दुइ पटकको छलफलबाट ३२ रुपैया प्रति लिटर मुल्य कायम गरिएको थियो । तर संघले अहिले फेरी मुल्य बृद्धि गर्नु पर्छ भनेर दबाव दिएपछि दुबै पक्षबीच बिबाद शुरु भएको हो । यसै क्रममा दुग्ध विक्रेता संघका कार्यकर्ताले मंगलबार विहानैदेखि हातमा लाठी लिएर स्थानीय दुध विक्रेता र हेटौडा, कलैयाबाट आउने डेरी दुधको गाडीलाइ समेत रोकेपछि बीरगंजमा दुधको अभाव भएको हो । यसैको विरोधमा स्थानीय मिर्ठाई ब्यवसायीहरुले आजबाट बीरगंजमा अनिश्चितकालिन मिर्ठाई पसल बन्द गरेर विरोधमा उत्रेका हुन् ।

दैनिक ४ देखि ५ हजार लिटर सम्म दुध आवश्यक्ता पर्ने मिर्ठाई पसलहरुलाई डेरी दुग्धले भन्दा पनि र्साईकलमा राखेर ल्याउने स्थानीय दुग्ध विक्रेताहरुले आपुर्ति गर्दै आईरहेका थिए । संघले उनीहरुलाई दुध ल्याउन नदिएपछि बाध्य भएर मिर्ठाई पसल बन्द गर्नु परेको हो ।
स्थानीय मिर्ठाई ब्यापारी मोतीलाल गुप्ताको अध्यक्ष्तामा सम्पन्न पत्रकार सम्मेलनमा मिर्ठाई ब्यवसायीहरुले दुग्ध विक्रेता संघले ल्याएको मुल्यमा आफुहरुले दुध खरिद गर्न नसकिने बताउदै, कि त पहिलेकै मुल्य ३२ रुपैयामा दुध उपलब्ध गराउनु पर्‍यो । होईन भने हामीलाई अन्यत्रबाट स्वतन्त्ररुपमा दुध खरिद गर्न दिनु पर्‍यो भनी माग राखेका छन् ।

मिर्ठाई विक्रेताहरुको विरोधका कारण आज बीरगंजमा रहेको करिव १६४ वटा साना ठुला सबै मिर्ठाई पसलहरु बन्द रहेको छ । 

 

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: