• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

सशस्त्रले समातेको विरोधमा एजेन्टद्धारा भंसार बन्द

आजको बन्दबाट भंसारलाई करिव १४ करोड रुपैया नोक्सानी

   

बीरगंज, बैशाख ८, – बीरगंज भंसार एजेन्ट संघले मगंलबार साझ बीरगंज भंसार कार्यालयबाट चेकजाच भइ छुटेको गाडीलाई पक्राउ गरी दुख दिएको भन्दै एजेन्ट संघले भंसार कार्यालयको सबै कामकाज ठप्प पारेको छ ।mm   

 
मंगलबार बीरगंज भन्सार कार्यालयका कर्मचारीहरुले चेकजाच गरी छाडेको जय मा“ शक्ति ट्रान्सपोर्टको ना. २ ख ९७८७ नम्बरको गाडीलाई भंसार स्थित राजश्व गश्ती टोलीले पक्राउ गरी भंसार कार्यालयमा बुझाएको थियो । भंसार कार्यालयको गेट नम्बर २ बाट छुटेको गाडीलाई गेटबाटै सशस्त्रको टोलीले पक्राउ गरी गाडीमा अवैद्य सामान भएको जानकारी प्राप्त भएकोले चेकजाच गर्नको लागि भंसारमा राती नै बुझाएको थियो । सोही कुरालाई लिएर भंसार एजेण्ट संघले भंसार कर्मचारीको अधिकार, एजेन्टको अधिकार र राजश्व गश्ती टोलीको अधिकार प्रष्ट पार्नु पर्ने र अनाहकमा दुख दिएका ब्यापारीलाई हर्जाना दिनु पर्ने जस्ता माग राख्दै आज विहानैबाट भंसार कार्यायलको सम्पूर्ण कामकाज ठप्प पारेका थिए । आजको बन्दबाट भंसारलाई करिव १४ करोड रुपैया नोक्सानी भएको भंसार एजेन्ट संघका उपाध्यक्ष राजकुमार निरौलाले बताएका छन् ।
   

भंसारमा चेकजाचको लागि बुझाएको गाडीलाई दिउसो भंसारका कर्मचारीले चेकजाच गर्दा केही सामानमा तलमाथि देखिएपनि अन्य सामानहरु ठिकै भएको बताए । तर भंसारमै कार्यरत एक कर्मचारीले भने आफै बोक्सी आफै धामी भने जस्तै भंसार कर्मचारीले चेकजाच गरेको गाडीलाई पून भंसारकै कर्मचारीलाई चेकजा“च गर्न दिदा के सोचे जस्तो प्रमाण वाहिर आउला त रु भनेर प्रश्न गरेका थिए ।
आज भंसार प्राङ्गणमा भएको चेकजा“चमा ट्रान्सपोर्टका कर्मचारी लगायत भंसार कर्मचारीहरु निकै मख्ख देखिन्थे भने, सशस्त्र प्रहरीको टोली चाही निराश देखिन्थे । यस सम्बन्धमा राजश्व गश्ती टोलीका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक केदार खडकासंग सोधपुछ गर्दा उनले आफुले कसैसंग पैसा खानको लागि नभई राजश्व बचाउनको लागि गाडीलाई पक्राउ गरेको हो । अब हामी आयात निर्यातका बारेमा धेरै कुरा जान्दैनौ, हामीलाई त शंका लागेको गाडीलाई पक्राउ गरी भंसारमा बुझाउने हो । चेकजाच गर्ने काम त भंसारको हो र हामीलाई भंसारको कामप्रति पूर्ण विश्वास भएको खडकाले बताए ।   

तर भंसार प्रवक्ता र पीडितपक्षले भने सशस्त्र प्रहरीले आफनो मार्यादा नाघेर र्सवसाधारण र ब्यापारीलाई दुख दिने मनसायले नियोजित तरिकाबाट आफुहरुको सामान पक्राउ गरी भंसारमा बुझाएको आरोप लगाएका छन् । आक्रोशित भिडले सशस्त्रले सधैं चेकको नाममा र्सवसाधारणमाथि अत्याचार गर्ने गरेको समेत बताए ।
स्मरण रहोस । केही दिन अघि मात्र राता रात भंसारको दक्षिणपट्टीको बाटो भएर तस्करीको सामान नेपाल भित्रयाउदै गरेको अवस्थामा गाडीहरु पक्राउ गरेका थिए । त्यसैगरी त्यसको केही दिन नवित्दै भंसार अगाडी बाटै र्साईकल र टाउकोमा तस्करका सामान बोकेर आउनेलाई पक्रन खोज्दा तस्कर र सशस्त्रबीच ठुलै झडप भएको थियो । सो झडपमा तस्करहरुले नजिकका गाउले महिलाहरुलाई सशस्त्रको बिरुद्धमा अगाडी सारेका थिए । तर महिला प्रहरी ल्याएर घटनालाई साम्य पारेको थियो । तस्करहरुले यसको विरुद्धमा बीरगंजको मुख्य बजार बन्द गरेर आक्रोश पोख्न खोज्दा स्थानीय ब्यापारीहरुले तस्करलाई लखेटेपछि अन्त्यमा तस्करहरुले आफनो आन्दोलन फिर्ता लिन बाध्य भएका थिए ।    

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: