विरामी भुइमा उपचार गराउन बाध्य

सिरहा, बैशाख ९, – जिल्ला अस्पताल सिरहाको आक्समिक कक्षमा विरामीको चाप बढेपछि शैयाको अभावमा विरामीहरु भुइमा उपचार गराउन बाध्य भएका छन् । आक्समीक कक्षमा मात्र ९ वटा शैया छन् । तर गर्मीका कारण विरामीको चाप बढेकाले विरामीहरु भुइमा उपचार गराउन बाध्य भएको अस्पताल प्रशासनले जनाएको छ ।

 
वातावरण दुगन्धित तथा एक साता यता बढेको अत्यधिक गर्मीका कारण डायरीया, र्टाईफाईड, झाडापखाला र पेट दुख्नेलगायतका विरामीको संख्यामा बृद्धि भएको अस्पतालका सिनियर अहेब उपेन्द्र साहले बताए ।mm

उक्त रोगहरुबाट प्रभावित दैनिक ४० देखि ६० जना विरामीहरु उपचार गराउन आक्समीक कक्षमा आउने गरेको उनले बताए । अस्पतालमा अधिकांश रोगीहरु बालबालिका र बृद्धबृद्धा उपचार गराउन आउने गरेका छन् ।
शैयाको अभावका कारण अस्पतालमा उपचार नगराएर विरामीहरु निजी क्लिनिकमा जान समेत बाध्य भएको छ ।
अस्पतालमै कार्यरत एक चिकित्सकले भने, अस्पताल प्रशासनको लापरबाहीका कारण अस्पतालमा फोहोर मैलाले दुगन्धित बनेकोले पनि यहा“ उपचार नगराएर विरामीहरु निजी क्लिनिक जान थालेका छन् । 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: