• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

आज बैशाख ११ लोकतन्त्र दिवस मनाइदैं

आज बैशाख ११ गते, लोकतन्त्र दिवस देशव्यापी रुपमा बिभिन्न कार्यक्रम गरि मनाइदैं छ । दोस्रो जनआन्दोलन सफल भएको बैशाख ११ बाटै नेपालको राजतन्त्रले घुँडा टेकी राजतन्त्रमाथि नागरिकको जित भएको हो ।

लोकतन्त्र दिवसका उपलक्ष्यमा नेपाल सरकारले सैनिक माचमा १० बजे बिशेष कार्यक्रम गर्दैछ । टुडिखेलको कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, संविधानसभाका, अध्यक्ष मन्त्रीहरु लगायत विशिष्ट अधिकारीहरुको सहभागिता रहेको छ ।mm
 
 तत्कालीन सात दल र सशस्त्र युद्धमा रहेको माओवादी बीच १२ बुँदे सहमति भएपछि १९ दिने जनआन्दोलन भएको थियो । लोकतन्त्र दिवसकै अवसरमा नागरिक समाजले अहिले राजधानीको माइतिघर मण्डलामा विशेष कार्यक्रम भइरहेको छ । लोकतन्त्र दिवसको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।
 
जनआन्दोलनको बलमा निरङ्कुश राजतन्त्रको अन्त्य भई लोकतन्त्र स्थापना भएको उपलक्ष्यमा हरेक वर्ष बैशाख ११ गते स्वदेश तथा विदेशमा लोकतन्त्र दिवस मनाइने गरिन्छ । लोकतन्त्र दिवसका निम्ति जिम्मेवारी तोकिएका विभिन्न निकायबाट सम्पादित कार्यहरुको रेखदेख र समन्वय गरी गृहमन्त्रालयले मन्त्रिपरिषद्मा प्रतिवेदन पेश गर्ने, काठमाडौं महानगरपालिकाले मञ्च सजावटको काम गर्ने र नेपाली सेनाको समरजङ्ग कम्पनीबाट ठाउँठाउँमा राष्ट्रिय झण्डाहरु फहराउने समितिले निर्णय गरेको छ ।
 
यसैगरी नेपाली सेनाले मञ्च तयारीमा सहयोग गर्ने, कार्यक्रम स्थल टुँडीखेलमा पुष्पवृष्टि गर्ने तथा सोही दिन बेलुन उडाइने, सूर्योदयसाथ भीमसेन स्तम्भबाट बिगुल बजाउने तथा तोप र बन्दुकको बढाई गरिनेछ ।
 
सोही दिन नेपाल स्काउटले टुँडीखेलमा कवाज प्रदर्शन गर्ने, रेडियो नेपाल र नेपाल टेलिभिजनबाट लोकतन्त्र दिवसको महत्वका सम्बन्धमा परिसम्वाद कार्यक्रम सञ्चालन गर्ने, पत्रपत्रिकामा लोकतन्त्र विशेषाङ्क प्रकाशित गर्ने, देवदेवीका मन्दिरमा पूजापाठ गर्ने र साँस्कृतिक झलक प्रदर्शन गर्नेलगायतका कार्यक्रम गर्ने समितिले निर्णय गरेको छ । 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: