• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

लायन्सको सिलाई कर्टाई तालिम सम्पन्न

 

बीरगंज, बैशाख ११, – आर्थिक उत्थानबाट दिगो शान्ति कायम र महिला आत्मर्निभरताको उद्धेश्य लिएर बीरगंजस्थित २२ वटा लायन्स क्लवले संयुक्तरुपमा आयोजना गरेको २ महिने सिलाई कर्टाई तालिम आज एक समारोहबीच सम्पन्न भएको छ ।mm 

 
समाजमा रहेका बेरोजगार महिलाहरुको उत्थानको उद्धेश्य लिएर संचालन गरेको यो तालिममा सहभागी ७० जना महिलाहरुलाई आयोजकले प्रमाण पत्र प्रदान गरेको थियो । लायन्सका पूर्व गभर्नर डा। रामअवतार खेतानको प्रमुख आतिथ्यमा सम्पन्न स्वरोजगार तालिममा, पूर्व गभर्नर चिरञ्जिवी सरावगी र सीता अग्रवालको पनि सहभागिता रहेको थियो ।
 

करिव ८ महिना अगाडीबाट लायन्स क्लवले संचालन गरेको पहिलो समुहको ३ महिने तालिममा करिव ७५ जना महिलाहरुको सहभागिता रहेको थियो भने दोस्रो समुहको २ महिने तालिममा ६७ जनाको सहभागिता रहेको थियो । त्यसैगरी आज सम्पन्न भएको तेस्रो समुहको तालिममा ७० जनाको सहभागिता रहेको थियो । 

तालिमलाई प्रशिक्षण दिने काम गायत्री चौधरी र वविता सिहले दिनु भएको थियो । दुबै प्रशिक्षकले क्लवसंग भएको १४ वटा सिलाई मेसिनको सहयोगमा तालिम दिएका थिए । जम्मा १ सय रुपैया दर्ता शुल्क तिरेर सहभागी भएकाहरुले भोलीका दिनमा आफनो र आफनो परिवारको लागि रोजगारी सृजना गर्न सक्ने विश्वास लिएका छन् ।
कार्यक्रममा उत्कृष्ठ हुनेहरुलाई प्रमुख अतिथि डा। खेतान, सरावगी र अग्रवालले संयुक्तरुपमा प्रमाण पत्र वितरण गर्नु भएको थियो । सहभागी प्रशिक्षार्थिको तर्फाट रमिता शर्माले आफनो मन्तब्य राखेकी थिईन । उनले हामी यहा सादा कागजको रुपमा प्रवेश गरेका थियौ तर अहिले रंगिन कागज भएर जादैछौ भनेर बताईन ।
क्लवका अध्यक्ष मनोहर टिवडेवालको अध्यक्ष्तामा सम्पन्न तालिमको संचालन राधेश्याम खेतानले गर्नु भएको थियो । 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: