• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

घेराबन्दीमा परेका मन्त्रीको तीन घण्टापछि उद्धार

कडा सुरक्षा घेरामा खेलकूद मन्त्रि गणेश नेपाली जचुकालीबाट बाहिरिदै ।

कडा सुरक्षा घेरामा खेलकूद मन्त्रि गणेश नेपाली जचुकालीबाट बाहिरिदै ।

 

जनकपुरधाम, वैशाख १४, – तराई-मधेस लोकतान्त्रिक पार्टीका कार्यकर्ताहरुले जनकपुर चुरोट कारखानाका सुरक्षा गार्डलाई कुटपीट गरेको घटनाबाट आक्रोसित कारखानाका कामदारहरुले मंगलवार युवा तथा खेलकुदमन्त्री गणेश नेपालीलाई झण्डै तीन घन्टा घेराउ गरेका छन् ।mm
 
कामदारहरुको आक्रोस तथा घेराउको कारण स्थानीय प्रशासनले मन्त्री नेपालीलाई कडा सुरक्षाबीच उद्धार गरेर बाहिर निकालेको थियो । उक्त क्रममा सुरक्षाकर्मी र कामदारबीच दोहोरो झडप तथा ढुंगा मुढा पनि भएको थियो । ढुंगा लागेर केही सवारी साधनको शिशा पनि फुटेको छ । झडपमा परी दुबैतिरका करीव एक दर्जन सामान्य घाइते भएका छन् । कामदारहरुले चुरोट कारखानाको मूल ढोकामा तालाबन्दी गरेका थिए । ताला फुटाउन सुरक्षाकर्मीहरुलाई हम्मे परेको थियो ।
 
सोमवारदेखि जचुकालिको खेलमैदानमा सुरु भएको राष्ट्रपति कप खेल प्रतियोगिताको उदघाटन गर्न यहाँ आएका मन्त्री नेपाली राति कारखानाकै अतिथि गृहमा बसेका थिए । अतिथि गृहमा पानी र विजुलीको उचित व्यवस्था नभएको भन्दै मन्त्री संगै रहेका तमलोपा कार्यकर्ताहरुले सुरक्षा गार्ड अशोककुमार मिश्रलाई राति पौने ११ वजे कुटपीट गरेका थिए । उक्त घटनाबाट आक्रोसित कारखाना कामदारहरुले मन्त्रीलाई घेराउ गर्नुका साथै विरोधमा चर्को नारावाजी पनि गरेका थिए ।
 
आर्थिक रुपले धरासायी भएको चनकपुर चुरोट कारखानाको सुविधा सम्पन्न अतिथि गृहमा बसोवास गर्नु मन्त्रीहरुको पहिलो प्राथामिकता हुने गरेको छ । कारखानाका कर्मचारी वसन्त ठाकुरले भने, हाम्रै खाने अनि हाम्रै कार्यकर्तालाई कुट्ने पनि कारखानाका कामदारहरुले अवदेखि जचुकालि अतिथि गृहमा कुनै पनि मन्त्रीलाई बस्न नदिने बताएका छन् । तमलोपा कार्यकर्ताको कुटाइबाट घाइते अशोककुमार मिश्रका अनुसार उनलाई कुटपीट गर्ने पप्पु नामका युवकले मुद्दा चर्काए सिंगै परिवारलाई अपहरण गर्ने धम्की दिएका छन् ।
 
मन्त्री नेपालीलाई बाहिर निकाल्नु पूर्व प्रमुख जिल्ला अधिकारी हरिराज पन्थ,प्रहरी उपरीक्षक सर्वेन्द्र खनाल र सशस्त्रका एसपी कविराज थापाले मजदुर नेताहरुसंग पटक पटक वार्ता गरेका थिए । मजदुर नेताहरुले दोषीमाथि कार्यवाही र मन्त्रीले माफी नमागे सम्म घेराउ जारी रहने बताएका थिए । तर झण्डै एक सय सुरक्षाकर्मी परिचालन गरेर मन्त्रीलाई उद्धार गरिएको थियो । 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: