• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

पूर्व युवराज पारस बीरगंजमा

दुखको कुरा हिंसात्मक बाटोमा गयो देश

बीरगंज, बैशाख १५, – पूर्व युवराज पारस विक्रम शाहले हामीले देश र जनताको दिगो शान्ति र विकासको लागि सत्ता छाडेको बताउनु भएको छ ।mm  

 
बीरगंजस्थित एक सामुदायिक आखा अस्पतालको उदघाटनको क्रममा अस्पतालमै सञ्चारकर्मीलाई यस्तो बताउनु भएको हो । उहाले राजनीतिक दल र नेताहरुलाई देश र जनताको विकासलाई ध्यानमा राखेर अगाडी बढनु पर्ने भनेर जोड दिनु भयो । एक सञ्चारकर्मीले अब राजतन्त्र कहिले आउछ भनेर राखेको जिज्ञासामा पूर्व युवराज पारसले हास्दै यो त जनताको हातमा छ । जनताले चाहे सबैथोक हुन्छ । जनता भनेको सर्वोपरि हो भनेर बताउनु भयो ।
  

  


पूर्व युवराज पारस आज बीरगंजस्थित प्रसिद्ध गहवामाई मन्दिर, महाविरस्थान मन्दिरको दर्शन गर्नको लागि बीरगंज आईपुग्नु भएको थियो । यसै क्रममा बीरगंज स्थित एक सामुदायिक आखा अस्पतालको पनि उदघाटन गर्नु भएको थियो ।
विगत केही दिनदेखि पूर्व राजा ज्ञानेन्द्र शाह बीरगंज आउने भनेर निकै चर्चा चलेपनि आज विहानै मात्र यस भ्रमणका आयोजक नेपाल राष्ट्रवाद संघका अध्यक्ष जनकलाल साहले पूर्व युवराज पारस शाह बीरगंज आउने बताएका थिए । उनको स्वागतको लागि बीरगंजमा रहेका राजाबादी र राष्ट्रबादी संघ संस्थाहरुले विहानैदेखि दाउरा सुरुवाल र ढाका टोपी लगाएर स्वागतको लागि बीरगंजको घण्टाघरमा करिव दुइ घण्टासम्म कुरेर बसेका थिए ।  


बुद्ध एयरको प्लेनबाट साधारण नागरिक सरह सिमरा आईपुगेका पूर्व युवराज पारसको स्वागतको लागि करिव सयौको संख्यामा भ्यान, कार र मोटरर्साईकल सिमरा पुगेको थियो । पूर्व युवराजको स्वागतको लागि बीरगंजको मुख्य सडक छेउछाउमा रहेको विजुलीका पोलहरुमा नेपालको राष्ट्रिय झण्डा लगाइएको थियो । स्वागतको लागि जम्मा भएका बृद्ध, युवा महिला तथा बालवालिका सबैले आफना हातमा राष्ट्रिय झण्डा र फुलको गुचछा बोकेर बसेका थिए । स्वागतको लागि सहभागीहरुले राजा आउ देश बचाउ भन्ने जस्ता जोडतोडका साथ लगाएका थिए ।  

पूर्व युवराजको भ्रमणलाई लिएर राष्ट्रबाद संघले निकै ठुलो तयारी गरेको भएपनि स्थानीय प्रहरी प्रशासनले भने पारसको भ्रमणलाई सामान्य रुपमा लिएकै कारण पारसको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई पारसलाई हेर्न आएका हजारौ जनताको जनलहरलाई सम्हाल्न धौं धौं परेको थियो । सुरक्षाकै कारण गहवामाईको मन्दिर दर्शनपछि पारस नजिकै रहेको महाविरस्थान मन्दिरमा नगई आखा अस्पतालको उदघाटनमा पुग्नु भएको थियो । पछि भिड हलुको भएपछि महाविरस्थान मन्दिरमा पुगी दर्शन गरेर र्फकनु भएको थियो ।
हजारौ र्सवसाधारणले पूर्व युवराजलाई फुल र हात हल्लाएर स्वागत गरेका थिए । सडकको बिचमा बिछाएको रातो कार्पेटमा हिडदै गरेको पुर्व युवराज पारसलाई बीरगजबासीले निकै न्यानो स्वागत गरेका थिए । पूर्व युवराज पारसको बीरगंज भ्रमण सफल बनाउन नेपाल राष्ट्रबाद संघ पर्सा र नेपाल बिद्धत परिषद पर्साले संयुक्तरुपमा तयारी गरेको थियो ।   

3 Responses

  1. YE YESO BHYE NEPALI JANTA LE PANI RAJ TANTR CHAHE KEE CHA KI KAY AHO JASTO LAGI RAHE KO CHAT HO

  2. Ma lai man paryo raj tantra auma par6 desh tab matra desh shaoti au6

  3. priya ptrakar ji
    bastab ma vanuho vane malai tehi rajtantra chahin6 chhito vanda chhito natra ye fatha neta haru le des lai bechera chhora chhori lai austrailia pthaidin6 tesai le m vanchhu ki mero bichhar ma rajtantra nai ramro

    paras jindabad rajtantra jindabad gaynendra jindabad
    jai nepal jai nepal m qata bata

    ra rajtantra ko jansankhiya qatar ma 98% chh6
    paras jindabad raja jindabad

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: