• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

मइ दिवसको अवसरमा विशाल प्रदर्शन

  

बीरगंज, बैशाख १८, – एकीकृत नेकपा माओबादी निकट भोजपुरा राज्य समितिका इन्चार्ज भिमप्रसाद गौतमले यदि कसैले फेरी राजतन्त्र फर्काउने सपना देखिराखेको छ भने र नेपाली जनताको अधिकार नदिनेको नियती ज्ञानेन्द्रको भन्दापनि डरलाग्दो हुने चेतावनी दिनु भएको छ ।mm  

 
ए। नेकपा माओबादीले आज अन्तर्राष्ट्रिय दिवस मजदुर दिवसको अवसरमा बीरगंजको घण्टाघरमा आयोजना गरेको विशाल जन सभालाई सम्बोधन गर्ने क्रममा इन्चार्ज गौतमले यस्तो चेतावनी दिनुभएको हो । उहाले राजतन्त्र निकै पहिले नै खरानी बनेर उडिसकेकोले अब कसैले चाहेर पनि फर्केर नआउने दावी समेत गर्नुभयो । लातको भुत बातले मान्दैन भने जस्तै राज्यसत्ताका केही भरौटेहरु हिजोको कमल थापाको भाषा बोलेको आरोप लगाउदै, यस्ता भिजिलान्तेहरुलाई आफुहरुले कडा कारवाही गर्ने चेतावनी समेत दिनुभयो ।
  

  


सेना र प्रहरी परिचालन गरेर माओबादीलाई हिन्सातिर फर्काउने अहिलको राज्यसत्ताको सपना कहिल्यै पुरा नहुने दावी गर्दै, प्रमुख अतिथि गौतमले नेपाली सेना र प्रहरीभित्र जनताको छोराछोरी भएको र उनीहरु मध्ये ८० प्रतिशत हाम्रै मान्छे भएकोले यदि राज्यसत्ताले माओबादी बिरुद्ध सेना र प्रहरी परिचालन गरयो भने सेना र प्रहरीभित्रै व्र्रिोह हुने चेतावनी समेत दिनुभयो । आज काम र घण्टाको ग्यारेण्टी गर्ने र उचित समय र वातावरणमा काम गर्न पाउनु पर्ने भनेर संघर्ष गरेको आजको दिनलाई विश्वमै अन्तर्राष्ट्रिय मइ दिवस अर्थात मजदुर दिवसको रुपमा मनाउने क्रममा बीरगंजमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै इन्चार्ज गौतमले भोलीदखि हुने अनिश्चितकालिन आन्दोलनमा सहयोग गर्न सवै वर्गसंग आग्रह गर्नु भएको थियो ।  


भोजपुरा सेक्रेटरी अञ्जना विसंखेको अध्यक्षतामा सम्पन्न भएको जनसभालाई भोजपुरा राज्य समितिका सहइन्चार्जद्धय प्रभु साह, चन्द्रहरी सुवेदी र जिल्ला सहइन्जार्ज बाबुराम कौशिकले सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा भोजपुरा सेक्रेटरी अञ्जना बिसंखे, सभासद शिवचन्द कुशवाहा, इस्लाम हवारी, लगायत स्थानीय नेताहरुको समेत उपस्थिती रहेको थियो । जनसभामा बारा, पर्सा र रौतहटबा गरी करिव १५ हजार मजदुर तथा सर्वसाधारणको उपस्थिती रहेको थियो ।  

बीरगंजको पावरहाउस, लक्ष्मणवाचौक, नया बसपार्क र ठाकुरराम वहुमुखि कलेजबाट छुट्टाछुट्टै निस्केको र्‍यालीले नगर परिक्रमा गरी घण्टाघरको जनसभामा परिणत भएको थियो । जन प्रदर्शनको क्रममा वाईसिएलका कार्यकर्ताहरुले हातमा हात जोडेर वाहिरी घुसपैठियाहरुलाई रोकेका थिए । त्यसैगरी जन प्रदर्शनको क्रममा कुनै अप्रिय घटना नहोस भनेर पर्याप्त मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिएको थियो । 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: