• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

विराटनगर र वीरगंजमा बन्दको प्रतिकार

विराटनगर, बैशाख १९, – एकीकृत नेकपा माओबादीको राजनीतिक आमहड्तालका क्रममा पूर्वको विराटनगरमा झडप भएको छ । बजार बन्द गराउँदै हिंडेका माओवादी कार्यकर्तालाई बिराटनगर रानीका वासिन्दाले लखेटेपछि झडप भएको प्रहरीले जनाएको छ ।झडपमा छ जना माओबादी कार्यकर्ता घाईते भएका छन् ।mm 

 ती मध्ये दुई जना गम्भिर घाईते भएका छन् । घाईते हुनेमा विराटनगर १७ का २८ वषिर्य धिरज श्रेष्ठ र पंकज सिंह छन् । हातमा गहिरो चोट लागेका दुबै जनाको कोशी अंचल अस्पताल विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरिक्षक माधव वोगटीले जानकारी दिनुभयो । 

१५र२० जना बन्दकर्ताहरुले विराटनगर भन्सार क्षेत्रमा रहेका बजार पसल बन्द गराउने क्रममा स्थानियवासीले प्रतिकार गर्दा झडप भएको निरिक्षक वोगटीले जानकारी दिनुभयो । झडपका क्रममा बन्दकर्ताले बन्दको अबज्ञा गरेको भन्दै दुई तीनवटा होटल र पसल तोडफोड गरेपछि स्थानियवासीहरु प्रतिकारमा उत्रिएको जनाइएको छ ।
झडपपछि केहिबेर भन्सार क्षेत्र तनाबग्रस्त बन्यो । प्रहरीले झडपमा संलग्न रहेका बन्दकर्ता एकिकृत माओवादीका ८ जना कार्यकर्तालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा राखेको छ ।
स्थानियवासी भने भागेकोले कोहीपनि पक्राउ नपरेको जनाइएको छ । झडप पछि सुरक्षामाग्दै प्रहरी कार्यालय पुगेका ११ जना माओबादी कार्यकर्तालाई प्रहरीले आफन्तको जिम्मा लगाएको छ । 

त्यस्तै आमहड्तालको अबज्ञा गरेको भन्दै एकिकृत माओवादीका कार्यकर्ताले विराटनगरकै दुई वटा सरकारी कार्यालय तोडफोड गरेका छन ।
बन्दकर्ताहरुले विराटनगर १५ स्थित क्षेत्रीय गुणस्तर तथा नाप तौल कार्यालय र विराटनगर १३ स्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमा तोडफोड गरी क्षती पुर्‍याएका छन् । उनिहरुले दुबै कार्यलयमा गई कार्यलयका टेवल, कुर्सि, झ्याल ढोका तोडफोड गरेको प्रहरीले जनाएको छ । 

यसैबिच झापाको अनारमनी ३ मा को ४ प ७१४० नंम्बरको मोटरसाइकलमा बन्दकर्ताहरुले आगजनी गरी नष्ट गरेका छन् । माओबादी आमहडतालका कारण आइतबार पूर्वमा कतै पनि यातायातका साधन चलेका छैनन् । बजार कलकारखाना सवै बन्द छन् । 

वीरगंजमा बन्दको प्रतिकार
शान्ति र संविधानका लागि आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने माग राख्दै एकीकृत नेकपा माओवादीले इतबारदेखि सुरु गरेको अनिश्चितकालिन राजनीतिक आमहड्तालविरुद्ध वीरगंजमा प्रदर्शन भएको छ ।
हिन्दु युवासंघले माओवादीको बन्दविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरुले वीरगंज क्षेत्रमा बन्द रहेको बजार र शिक्षण संस्था खुलाउन उद्योगी व्यवसायीलाई आग्रह गर्दै प्रदर्शन गरेका छन् । बीरगन्जको घडीअर्वा चोकबाट संघको नेतृत्वमा निस्किएको जुलुशमा हसभागी युवाहरुले बन्द बजार खुल्ला गर, शिक्षणसंस्था बन्द गर्न पाइदैन , चन्दा आतंक बन्द गर जस्ता चर्का नारा लगाउदै नगर परिक्रमा गरेका छन ।  

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: