• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

आमहडतालको दोस्रो दिन पनि प्रभावित

 

बीरगंज, बैशाख २०, – एकीकृत नेकपा माओबादीको अनिश्चितकालिन आमहडतालको कारण बीरगंज लगायत आसपासका क्षेत्रको जनजीवन पूर्णरुपमा प्रभावित भएको छ ।mm 

 
सरकार परिवर्तनको माग लिएर अनिश्चितकालिन आम हडतालमा उत्रेका माओबादीका कार्यकर्ता तथा र्समर्थहरुले आज पनि बीरगंजको विभिन्न स्थानमा बसेर शान्तिपूर्ण प्रदर्शन गरेका छन् । प्रदर्शनको कारण बीरगंजको बजार, लामो तथा सानो दुरीमा चल्ने सम्पुर्ण सवारी साधन, शिक्षण संस्थान लगायत औधोगिक कलकारखाना ठप्प भएको छ । बन्दको अवज्ञा गरेको भन्दै प्रदर्शनकारीहरुले आज विहानै विभिन्न वित्तिय संस्थाहरुमा पुगी कार्यालय बन्द गराउन लगाएका थिए ।
 


बन्दको कारण बीरगंजको जनजीवन पुरै ठप्प भएको छ । बन्दकै क्रममा माओबादी कार्यकर्ताहरुले बीरगंजको घण्टाघरचौकमा चारैतिर सडकमा टेन्ट लगाएर विविद्य सास्कृतिक कार्यक्रमको समेत आयोजना गरेका छन् । जनताले संविधान निर्माण गर्न निर्वाचित गरेर पठाएका बाराका सभासद शिवचन्द कुशवाहाले समयमा संविधान निर्माण गर्न नसकेपछि आज बीरगंजको मुख्य सडकमा लाठी भाजेर बीरगंजबासीलाई चकित बनाएका थिए । 


बन्दको क्रममा कुनै अप्रिय घटना नहोस भनेर पर्याप्त मात्रामा सुरक्षाकर्मीलाई परिचालन गरिएको छ । माओबादीको यसपटकको आमहडताललाई वातावरणबीदहरुले स्वागत गरेका छन् । किनभने यसपटक भएको आमहडतालमा प्रदर्शनकारीहरुले कतै पनि टायर बालेको पाईएन् । 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: