• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

बेवारिसे झोलाको कारण बीरगंज आतंकित

 

बीरगंज, बैशाख २०, – बीरगजको नयासडकस्थित नारायणी अंचल यातायात ब्यवसायी संघको प्रधान कार्यालय भएको घरको सिडीमुनि बेवारिसे अवस्थामा शंकास्पद झोलालाई निष्कृय पार्ने क्रममा झोला भित्रबाट तारको टुक्राहरु भेटिएको छ ।mm 

 
शंकास्पद बस्तु बेवारिसे भएकोले त्यसभित्र कुनै विस्फोटक बस्तु हुन सक्ने आशंकामा प्रहरीले सो घरलाई आफनो नियन्त्रणमा लिई बम निष्कृय टोलीलाई जानकारी गराएको छ । नेपाल प्रहरीको पूर्व आई।जि।पी। मोतिलाल वोहराको सो घरमा नारायणी यातायात ब्यवसायी संघ लगायत पोपुलर इगंलिस ल्यागंवेज इन्सिच्युट र पर््राईम बचत तथा ऋण सहकारी संस्थाको कार्यालय भाडामा बस्दै आईरहेको थियो ।
घटनाको जानकारी पाए लगतै श्रीपुरस्थित नेपाली सेनाको काली जंग गणबाट घटनास्थलमा पुगेको बम निष्कृय टोलीले बेवारिसे झोलालाई निष्कृय पार्दा झोलाभित्र विजुलीको तारका टुक्राहरु भेटिएको थियो । वेवारिसे झोलाको कारण करिव १ घण्टा सो क्षेत्र आतंकित भएको थियो ।
 

यसैगरी आजै विहान बीरगंज १२ रानीघाटस्थित पूर्व शिक्षा मन्त्री रामचन्द्र कुशवाहाको घर अगाडी पनि बेवारिसे अवस्थामा शंकास्पद झोला भेटिएको थियो । त्यहा पनि नेपाली सेनाको काली जंग गणबाट खटिगएको बम निष्कृय टोलीले झोलाभित्र रहेको बस्तुलाई निष्कृय पारेको थियो । बम निष्कृय टोलीका एक सेनाका अनुसार झोलाभित्र टाइम बम राखेको बताए । 

ए। नेकपा माओबादीको आमहडताल शुरु भए यता बीरगंजको विभिन्न स्थानमा यसैगरी बेवारिसे अवस्थामा शंकास्पद झोलाहरु भेटिदै आईरहेको छ । जसको कारण बीरगंजबासी आतंकित बन्ने गरेको छ ।  

One Response

  1. yo ramro chhain.ki n ki hadtal le samasya dur hudai n,
    chhikne prachand murkh ho,janata lai nai samasya hunchh hadatal ma,

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: