आमहडतालको तेस्रो दिन पनि प्रभावित

बीरगंज, बैशाख २१, – एकीकृत नेकपा माओबादीले आहृवान गरेको आमहडतालको तेस्रो दिनपनि बीरगंजको जनजीवन पूर्णरुपमा प्रभावित भएको छ । 

 
वर्तमान सरकारको विघटनको माग सहित गत १८ गतेबाट आहृवान गरेको अनिश्तिकालिन आमहडतालको कारण बीरगंज लगायत आसपासका सबै क्षेत्रको जनजीवन प्रभावित भएको हो । बन्दको कारण आजपनि बीरगंजको बजार, बीरगंजबाट लामो तथा छोटो दुरीमा चल्ने सवारी साधन, शिक्षण संस्थान, बैंक तथा वित्तिय संस्थान लगायत औधोगिक कलकारखाना पर्णरुपमा ठप्प रहयो ।


माओबादी कार्यकर्ता तथा समर्थकहरुले आज विहानै बीरगंजको घण्टाघरबाट शान्तिपूर्ण जुलुस निकाली नगर परिक्रमा पश्चात पून घण्टाघरमा पुगी नाचगान गरी समापन गरेको थियो । घण्टाघरचौकको चारैतिर सडकको बीचमै तिरपाल टांगेर माओबादी कार्यकर्ताहरुले नाचगान गरी आमहडताल गरेका थिए । माओबादीको आमहडताल बीरगंजमा निकै शान्तिपर्ण नै रहयो । यता दिउसो माओबादी कार्यकर्ताहरुले बीरगंजको पावरहाउसबाट प्रधानमन्त्री माधव कुमार नेपालको पुतला सहित निस्केको जुलुसले नगर परिक्रमा पश्चात घण्टाघरमा पुर्‍याएर दहन गरेको थियो । आमहडतालको क्रममा कुनै अप्रिय घटना नहोस भनेर स्थानीय प्रशासनले पर्याप्त मात्रामा सुरक्षाकर्मीलाई परिचालन गरेको छ । बन्दको कारण बीरगंजबासी निकै मार्कामा परेको छ ।

mm

2 Responses

  1. thanks man i like it,s

  2. that is verry good police has able to arrest him thanks police man

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: