• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

आमहडतालको चौथो दिन पनि २ पसलमा तोडफोड

  

बीरगंज, बैशाख २२, – एकीकृत नेकपा माओबादीको अनिश्चितकालिन आमहडतालको कारण आज चौथो दिन पनि बीरगंज लगायत आसपासका क्षेत्रको जनजीवन पूर्णरुपमा प्रभावित भएको छ।mm  

 
आमहडतालको कारण नेपालको कुल राजश्वको करिव ४० प्रतिशत राजश्व संकलन गर्ने बीरगंज भन्सार कार्यालयको काम विगत ४ दिनदेखि ठप्प भएको छ । यसका साथै बीरगंज बजार, शिक्षण संस्थान, लामो तथा छोटो दुरीमा चल्ने सम्पूर्ण सवारी साधन, बैंक तथा वितिय संस्थान, एटिएम सेवा लगायत करिव ६ सयको संख्यामा रहेको औधोगिक कलकारखाना ठप्प भएको छ ।

  

टायर बालेर आफनो बन्द, हडताल र आन्दोलनको विगुल फुक्ने बीरगंजका आन्दोलनकारीहरुले यसपटक भने अलि फरक ढङ्गले आन्दोलनलाई अगाडी बढाएको छ । माओबादी कार्यकर्ता तथा समर्थकहरुले यसपटकको आमहडताल सफल पार्न कतैपनि टायर बालेका छैनन् । बरु बीरगंजको मुख्य चौकहरुमा पाल टागेर प्रदर्शनकारीहरुले नाचगान गरेर आफनो आमहडताललाई अगाडी बढाएका छन् । 

  

प्रदर्शनकारीहरुले दिनभरी घण्टाघरचौकमा नाचगान गरी दिउसोतिर प्रधानमन्त्रीका पुतला सहितको शवयात्रा निकाली नगर परिक्रमा पश्चात पून घण्टाघरमै पुगेर पुत्ला दहन गरेका थिए । पुत्ला दहनपछि माओबादी नेताहरुले आफनो मन्तब्य राखेका थिए । मन्तब्य राख्नेमा माओबादीका सभासद प्रभु साह, शिवचन्द कुशवाहा, क्षेत्रबहादुर श्रेष्ठ, बाबुराम कौशिक, योगेन्द्र प्रसाद कानु लगायतका स्थानीय नेताहरु रहेका थिए ।  


माओबादीद्धारा आहवान गरेको आमहडताललाई सफल पार्नको लागि बीरगंजको घण्टाघरमा नाचगान गरिरहेकै बेला यता बीरगंजको भिषुवाचौक र प्रतिमाचौकको दुइवटा खाना खाने पसलमा ४ वटा मोटरर्साईकलमा चढेर आएका र आफुलाई वाइसिएलका कार्यकर्ता बताउने ब्यक्तिहरुले बन्दको अवज्ञा गरेको भन्दै तोडफोड गरेका छन् । प्रदर्शनकारीहरुले बन्दको अवज्ञा गरेको भन्दै चुमन श्रीवास्तव र रामअवतारको पसलमा रहेको सामान वाहिर निकालेर तोडफोड गर्नुका साथै, रामअवतारको पसलमा आगजनिको समेत प्रयास गरेका थिए । घटना भएको करिव दुइ घण्टासम्म पनि प्रहरी घटनास्थलमा पुग्न सकेको थिएन ।
    

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: