मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) दुवारा प्रतिकार

जनकपुरधाम, वैशाख २२, – सत्तारुढ मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका कार्यकर्ताहरुले जनकपुरमा पसल खोल्न आव्हानगर्दै जुलुस गरेकाछन ।mm
कडा सुरक्षाबीच माओवादी बिरुद्ध निस्केको जुलुसमा जनसहभागिता कम रहेपनि मुठभेड गर्न सक्ने जोश देखिन्थ्यो । जुलुसले नगरको परिक्रमा पछि कोण सभामा परिणत भएको थियो । यसैबीच राजधानीमा माओवादी कार्यकर्ताहरुका लागि पिउने पानी ल्याउने ट्याङ्करहरुलाइ स्थानियहरुले अबरोध गरेका छन ।
पिउने पानीमा अबरोध भएपछि राजधानीमा जुलुसमा रहेका माओवादी कार्यकर्ताहरुलाइ गंभीर समस्या भएकोछ ।पसल बन्द गराउदै हिडेका माओवादीलाई मंगलवार विहान विराटनगरको पुष्पलाल चोकमा स्थानीयवासीले प्रतिकार गरेका छन । माओवादीले स्थानीय एक औषधी पसल र किराना पसलमा तोडफोडको प्रयास गर्दा नियन्त्रण गर्न खोज्ने माओवादीकै स्थानीय कार्यकर्ता गोपाल कटुवाललाई दुब्र्यवहार गरेपछि स्थानीयवासीले लखेटेका थिए ।
खुल्ला रहेका पसल माओवादीको समूह देखापरेपछि स्वत वन्द भएका थिए । बन्द रहेका पसलका सटरमा ढुङगा प्रहार गर्न थालेपछि आफूले त्यसो गर्न हुदैन भनेर सम्झाउदा गाउँवाट आएका माओवादी कार्यकर्ताले आफूलाई हातपातको प्रयास गरेको कटुवालले वताए । कटुवाल पुष्पलाल चोकका माओवादी नेता हुन । वाहिरवाट आएका माओवादी कार्यकर्ताले आफूलाई नचिनेर दुव्र्यवहार गरेको कटुवालको भनाई छ । माओवादी समूहले त्यहाका दुई पसल र एक मोटर साइकल तोडफोड गरेका छन ।
आम हडतालको तेश्रो दिन माओवादी कार्यकर्ताले खाना र वस्न समस्या भएको भन्दै नगरका अधिकांश वस्तीका घरघरमा पुगेर खाद्यान्न र चन्दा माग्ने कार्यलाई तिब्र वनाएका छन । पुष्पलाल चोकमा पनि माओवादीले घरघरमा खाद्यन्न र चन्दा मागेपछि स्थानीयवासीले प्रतिकार गरेको वताइएको छ । जलेश्वरमा खुल्ला रहेको राष्ट्रिय बाणिज्य बैंकलाइ माओवादीले बन्द गराएकोछ । जलेश्वर नगर क्षेत्रमा बन्दको प्रभाव परेकोछ । बर्दिबासमा पनि बन्दको कारण पसलहरु खुलेको छैन ।
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: