• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

माओबादीको विरुद्धमा र्सवसाधारण सडकमा

बीरगंजमा अनिश्चितकालीन कर्फ्यु जारी 

बीरगंज, बैशाख २३, – एकीकृत नेकपा माओबादीले आहृवान गरेको अनिश्चितकालिन आमहडतालको पाचौ दिन र्सवसाधारणको प्रतिकारको कारण बीरगंज बजार विहानैदेखि तनावग्रस्त बन्न पुगेको थियो ।mm

 


बीरगंजको घडिअर्वापोखरी चौकमा एउटा चिया पसल खोलेको बिषयमा माओबादी कार्यकर्तासंग स्थानीय युवाहरुसंग भएको विवादले बीरगंज लगभग दिनभरी नै तनावग्रस्त भएको थियो । स्थानीय केही युवाहरु चिया पसलमा बसेर चिया पिउदै गर्दा, केही माओबादी कार्यकर्ताहरु आएर आमहडताको बेला किन पसल खोलेको भन्दै विवाद गर्न थालेपछि दुबै पक्षबीचबीच विवाद भएको थियो । सामान्य विवाद बढेर झडपको अवस्थामा पुगेपछि दुबै पक्षबाट गरी करिव तीन जना घाइते समेत भएका थिए । सोही बिषयलाई लिएर घडिअर्वापोखरीस्थित स्थानीयबासी र हिन्दु युवा संघका कार्यकर्ताहरु मिलेर बीरगंज नगर सभागृहस्थित माओबादी पार्टीको कार्यकर्ता खाने मेसमा गएर तोडफोड गर्नुको साथै सभागृह परिसरभित्रै रोकी राखेको बा. ३ च. ५६८० नम्बरको जीपलाई वाहिर ल्याएर आगजनी गरेका थिए ।

तोडफोड र आगजनीको कारण खाना खाने मेस पुरै ध्वस्त बन्न पुगेको थियो । प्रदर्शनकारीहरुले नगर सभागृहमा तोडफोड र आगजनीको जानकारी पाए लगतै माओबादी कार्यकर्ताहरु नगर सभागृह पुगेर त्यहाको दृश्य देखेपछि उनीहरुले हिन्दु युवा संघको विरोधमा र्‍याली निकाली नगर परिक्रमा गरेका थिए । यसरी हिन्दु युवा संघ र माओबादीको जुलुस र र्‍यालीले पालै पालो नगर परिक्रमा गरिरहेको अवस्था थप कुनै अप्रिय घटना नहोस भनेर स्थानीय प्रशासनले सुरक्षाको लागि पर्याप्त मात्रामा सुरक्षाकर्मीलाई परिचालन गरेको थियो ।


यता चारैतिर तोडफो गरिसकेर घडिअर्वाबासी र हिन्दु युवा संघको र्‍याली घण्टाघर जान खोज्दा सुरक्षाकर्मीले जान नदिएपछि आक्रोशित बनेका प्रदर्शनकारीहरु घडिअर्वापोखरीस्थित गोपाल मण्डली अतिथि सदनमा पुगी माओबादी नेताहरुले चढने दर्ुइ वटा गाडीमा समेत तोडफोड गरेका थिए । तोडफोड भएका गाडी बा. १ झ ८४८७ नम्बरको महिन्द्रा बुलेरो र बा ०००१अ १८ नम्बरको स्कारपियो रहेको थियो । प्रदर्शनकारीले गाडी तोडफोड गरेर पून रानीघाटको बाटो हुदै घण्टाघर पुगेका थिए । प्रदर्शनकारीहरुले घण्टाघरचौकलाई उत्तर र दक्षिण दिशाबाट घेरेपछि घण्टाघर क्षेत्र निकैवेर तनावग्रस्त बनेको थियो । 

Advertisements

One Response

  1. wah!kiya gajab ko khel kheli rahe 6 hamra gaunle haru.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: