• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

बीरगंजमा शान्ति र्‍याली सम्पन्न

 

बीरगंज, बैशाख २५, – बीरगंज उधोग बाणिज्य संघ र नागरिक सरोकार समिति पर्साको संयुक्त पहलमा  शान्तिको कामना र नेपालीको चाहना लेखेको ब्यानर सहित आज बीरगंजमा शान्ति र्‍यालीको आयोजना गरेको छ ।mm 

 
शान्ति र संविधानको लागि राष्ट्रिय सहमति कायम गरौ भन्ने नाराका साथ बीरगंजको बिर्ता मन्दिर अगाडीबाट निस्केको शान्ति र्‍यालीले बीरगंज नगर परिक्रमा पश्चात आदर्शनगर चौकमा पुगी कोणसभामा परिणत भएको थियो । बीरगंज उधोग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अशोक टेमानीको अध्यक्षतामा सम्पन्न भएको शान्ति रयालीमा एकीकृत नेकपा माओबादीले आफनो अनिश्चितकालिन आमहडताल फिर्ता लिएर एकदमै सहानिय काम गरेकोमा प्रशंसा गर्दै, अब आगामी दिनहरुमा पनि आमहडताल र बन्द भन्दापनि सहमति गरेर अगाडी बढनलाई आग्रह गर्नु भएको थियो ।
 


बीरगंजका स्थानीय उधोगपति ब्यापारी, बुद्धिजिवि, नागरिक समाज लगायत सञ्चारकर्मीहरुको उल्लेखनिय सहभागिता रहेको शान्ति र्‍यालीमा नेपाल बार एशोशिएशन पर्साका अध्यक्ष् सुधिर करणले अहिलेको राजनीतिक निकास जोड जबरदस्ती भन्दापनि सहमतीबाट खोज्नु पर्ने भनेर सबै राजनीतिक दलहरुलाई आग्रह गर्नु भएको थियो । 

शान्ति र्‍यालीमा पेशागत सञ्जाल पापड, नेपाल बार एशोशिएशन पर्सा, बीरगंज जेसीज, नागरिक समाज लगायत विभिन्न संघ संस्थाको सहभागिता रहेको थियो । 

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: