• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

१५ वर्षदेखि श्रीमती अस्वीकार

ससुराले दिए देश नै छाड्ने धम्की, न्याय खोज्दै अदालतको ढोका चहार्दै पीडित, 

सप्तरी, २५, वैशाख, – १५ वर्षअघि विवाह गरेकी सप्तरी तिलाठीकी चाँदनी झा अहिलेसम्म आफ्नो घर भित्रिन पाएकी छैनन् । विवाह गरेको एक महिना पनि पूरा नहुँदै श्रीमान् र ससुराले निकालेपछि उनी १५ वर्षदेखि न्यायका लागि भौँतारिरहेकी छिन् ।

घरपरिवारले अस्वीकार गरेकाले विवाह दर्ता र नागरिकता प्रमाणपत्रसमेत पाउन नसकेको झाको गुनासो छ । ‘घरबाट त निकाले-निकाले, विवाह भएको प्रमाणसमेत दिन मान्दैनन्, नागरिकतासमेत बनाइदिएनन्’, उनले गुनासो गरिन् ।mm 

१५ माघ ०५१ मा उनको विवाह सप्तरी बोरिया-५ का पंकजकुमार झासँग भएको थियो । मैथिली परम्पराअनुसार विवाह गरे पनि ससुरा प्राध्यापक अमरकान्त र श्रीमान् पंकजकुमारले घरमा बस्न नदिई निकालेको उनले बताइन् । ’अहिलेसम्म पत्नीले पाउनुपर्ने कुनै पनि अधिकार पाएकै छैन,’ चाँदनीले भनिन्, ‘ससुरासँग मिलेर श्रीमान्ले घरबाट निकालिदिएपछि अहिले मेरो बिचल्ली भएको छ ।’ 

चाँदनी अहिले अर्काको घरमा भाँडा माझेर गुजारा चलाइरहेकी छिन् । आफूलाई निकालेर श्रीमान्ले अर्को बिहे गरेर बसेको उनले बताइन् । उनले १० वर्षदेखि न्यायका लागि अदालतको ढोका ढकढक्याइरहेकी छिन् । ‘१० वर्ष अदालत धाएँ, तर न्याय पाउन सकिनँ,’ उनले भनिन् । 

राजविराजस्थित मानवअधिकार तथा जनवकालत केन्द्रको सहयोगमा जिल्ला अदालतमा अंश मुद्दा दायर गरेपछि ससुरा पक्षले मुद्दा फिर्ता लिन दबाब दिइरहेको उनले सुनाइन् । ससुराले मार्नेसम्मको धम्की दिएका छन्, उनले भनिन्, ‘ससुरा अमरकान्तले खुला रूपमै नेपाल छाड्न दबाब दिइरहेका छन् ।’ छिट्टै नेपाल नछोडे मार्ने धम्की दिइएको उनले बताइन् । 

श्रीमान्, ससुरा, सासु तथा देवरले अदालतमा चाँदनी झा भन्ने महिलालाई नचिनेको बयान दिएको उनले बताइन् । पंकजकी एउटी मात्र श्रीमती किरण झा रहेको बयान दिएपछि त म झनै अचम्मित भएको छु, उनले भनिन् । विवाह दर्ता तथा नागरिकताका लागि कैयौँपटक श्रीमान् पंकजसँग आग्रह गर्दा पनि वास्ता नगरेको उनको गुनासो छ । समाजले पटक-पटक घरमा राख्न लगाए पनि उनीहरूले घरमा नराखेको बताइन् चाँदनीले । 

श्रीमान्ले दोस्रो विवाह गरेपछि गत २२ कात्तिक ०६४ मा चाँदनीले श्रीमान् पंकजविरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीमा बहुविवाह सम्बन्धी जाहेरी दिएकी थिइन् । त्यसवेला केही समय आफ्ना श्रीमान् भागेकोसमेत उनले खुलाइन् । ‘५ असार ०६५ मा श्रीमान् पंकज अदालतमा आफैँ हाजिर भए र ५० हजार धरौटीमा छुटे, त्यसपछि पनि मैले न्याय पाउन सकिनँ,’ उनले बताइन् । 

चाँदनी अहिले पनि अदालतप्रति विश्वस्त छिन् । ‘मलाई अदालतले एक न एक दिन न्याय पक्कै दिलाउनेछ,’ उनले भनिन् । चाँदनीलाई सहयोग गर्दै आएका मानवअधिकार तथा जनवकालत केन्द्रकी उपाध्यक्ष उमा पोखरेलले श्रीमती अस्वीकार गर्ने पंकज तथा उनका पितालाई दण्डित र पीडितलाई न्याय दिलाउन सबै पक्षले सहयोग गर्नुपर्ने बताइन् ।

3 Responses

  1. m saroj aadalt r police lae sbut chahin6 tr yo t sab lae
    taha vhye ko kura ho ki aaj sabut pani kinda paen6
    yehi sabut ko karan le grda aaj chandni jha jastee deree mhila ko yo hal vhye ko 6 sabut thulo ho ki yeuta mhila ko eajth thulo ho to t sab lae thaha 6 tr yo aakha ndekhne duniya ma sabut nee thulo ho

    tr yo duniya ma bhagwan 6n t pae lae nyay yek n yek din vetne 6
    r papi lae sajay pani vetne 6
    yeuta mhila ko man dukhayer to kahile sukhi vhre basne 6en jun absta tapae ko samu aaye ko 6 tehi absta usko samu aaune 6

    r m yes ko lagi bhagwan sit binti gr6u

    saroj
    dhanusha jankpur
    parbaha

  2. my yahoo id …………..aarynrose@yahoo .com

  3. atanu hudena bhagwan le sab thik gar6

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: