रुँदै फर्किए आन्दोलनकारी

जिल्ला प्रशासन कार्यालय घेराउ गर्दा निराश देखिएका आन्दोलनकारी 

 

साता दिनपछि कालो सडक कालोमै फर्कियो, राताझन्डा र रातामान्छे देखिएनन् । न मार्चपास भयो न मेसमा खाना नै पाक्यो । रातामान्छेले सडकमा हुइँकेको गाडी समाते आँसु पुछ्दै । बैतडीको आमचौरबाट आएका आन्दोलनकारी डाँको छाड्दै गाउँ फर्के । बाह्रै महिना भातको लडाइँ गरिरहेका बाजुरा बिच्छयाका आन्दोलनकारी घाइते जिउ लिएर सिटामोल नभएको गाउँतिर हिँडे ।mm 

दूधेबालक बोकेर चर्को घाममा सडक तताइरहेका मुसेपानीको कमला भण्डारीदम्पती सुन्निएका खुट्टा मुसार्दै घर फर्किए । औषधि कसले दिन्छ, नुनपानीले सेक्नुपर्ला, महेन्द्रनगर बसपार्कमा महाकाली(सेती यातायातको बस चढ्दै उनले भनिन् । शनिबार र आइतबार यस्तै(यस्तै निराश र थकित मुहार बनाएर गाउँ फर्किनेको लर्को देखिन्थ्यो बसपार्कमा । अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन उत्साह र उमंगले सहर छिरेका गाउँले फर्किँदा त्यत्तिकै निराश, थकित र हतोत्साही देखिन्थे । ‘सहरले हामीलाई साथ दिएन’ पवनदूत यातायातको माइक्रोबसमा छिमेकीसँगै गाउँ फर्किन लागेका बंकका नन्दे सार्कीले भने, सहरका मान्छे हाम्रा भएनन् । हामीले सहरमा बसेको उनीहरूलाई मन परेन । साता दिन सहर कब्जा गरेको गर्व गर्दै उनले निराश हुँदै भने, हाम्रो खप्परमा सहर लेखेकै रहेनछ । 

साता दिनदेखि नांगो खुट्टा, मैलो लुगा, भोको पेट नारा लगाए उनीहरूले । सैन्य नियमझै क्याम्पमा बसे, मेसमा खाए, सडकमा मार्चपास गरे गाउँलेले । पेटभरि खान पाउने, राम्रो लुगा लगाउन पाउने र गरिबीबाट मुक्ति पाउने सपना देखेर सहर पसेका उनीहरूको सपना यसपटक पनि तुहिएको ठान्छन् उनीहरू । सुदूरपश्चिमका सबै जिल्ला सदरमुकाममा एकदेखि सात हजारसम्म गाउँले आएका थिए । कञ्चनपुर, कैलाली र दिपायलमा सातरसात हजारको हाराहारीमा गाउँले आन्दोलनमा थिए । 

दिनभरि प्रदर्शन गरी बेलुकी खाना खाने वेला एकीकृत माओवादी अध्यक्ष प्रचण्डले आमहडताल फिर्ताको घोषणा गर्दा कतिपय खाना खान छाडेर सोधपुछ गर्नतिर लागेका थिए । कतिपय त आमहडताल स्थगनलाई मिडियाले झुटो प्रचार गरेको पनि भन्न थालेका थिए । उनीहरूले विश्वास गरेका थिएनन्, आमहडताल स्थगनको समाचारलाई । ‘विश्वासै लागेन, इन्चार्जलाई सोधेँ’ मुसेपानीकी हीरा भण्डारीले शुक्रबार बेलुकी सम्भिदै भनिन्, साँच्चै रहेछ, खाना खान मनै लागेन । त्यो राति खानै खाइनँ । उनले बसपार्कमा खुट्टा देखाउँदै भनिन्, खुट्टा सुन्निएको छ, घाँटी बसेको छ । 

आन्दोलनका लागि सदरमुकाम ल्याइएका सर्वसाधारण तथा कार्यकर्तालाई घर फर्किँदा भने यातायातको व्यवस्था गरिएको थिएन । उनीहरूले आप्mनै खर्चमा घर फर्किरहेको बताए । नजिक घर भएकाहरू शुक्रबार राति फर्केका थिए । शनिबार र आइतबार गाउँ फर्केकाहरू पनि भोकै घर फर्किन लागेको बताउँदै थिए । ‘नेताहरूले राम्रै सोचेर गरेका होलान्,’ जयबहादुर विष्टले भने, ‘त्यत्रो जनयुद्ध लडेको पार्टीले सोचेर निर्णय गर्‍यो होला । मलाई भने मन परेको छैन ।’ 

माओवादी अध्यक्ष प्रचण्डको शनिबारको भाषण सुन्न र पार्टीको सर्कुलरका लागि सदरमुकाममा पर्खिबसेका माओवादी कार्यकर्ता पनि आइतबार गाउँ फर्किएका छन् । उनीहरू निराश देखिन्थे । जसको प्रत्यक्ष असर आइतबारको जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रममा देखिएको थियो । 

One Response

  1. नमस्कार t नेपाल .काम के छ हाल खबर ठिक छ

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: