बीरगंज, बैशाख २८, – बीरगंजको इनरवास्थित इनर्वा प्रहरी चेकपोष्टले आज मध्यान्हमा भुमिगत सशस्त्र ज्वाला समुहका एक कार्यकर्तालाई हतियार सहित पक्राउ गरेको छ ।mm
प्रहरीले नियमित चेकजाचको क्रममा पर्साको भेडिआरी निवासी बर्ष१९ का पन्नालाल सहनीलाई इनर्वा प्रहरी चौकीले पक्राउ गरेको हो । सहनी जनतान्त्रिक तर्राई मुक्ति मोर्चा ज्वाला समुहका कार्यकर्ता भएको प्रहरी नायव उपरिक्षक संञ्चिज शर्माले जानकारी गराएका छन् ।
रिक्सामा चढेर रक्सौलतर्फजादै गरेको अवस्थामा प्रहरीले चेकजाच गर्ने क्रममा सहनी भाग्न खोज्दा सशस्त्र प्रहरीको टोलीले उनलाई पक्राउ गरी इनर्वा चेकपोष्टको जिम्मा लगाएको थियो ।
प्रहरीले सहनीको खानतलाशीको क्रममा निजको साथबाट एक थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने २ थान गोली बरामद गरेको थियो । यसको साथै सहनीले बीरगंजका केही स्थानीय ब्यापारीलाई फिरौती माग्नलाई लेखिएको फिरौती पत्रहरु पनि भेटिएको प्रनाउ शर्माले जानकारी गराएका छन् ।
पक्राउ परेका सहनीलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको छ । निज ’boutमा अनुसन्धान भईरहेको पर्सा प्रहरीले जनाएको छ ।
Filed under: तराई नेपाल |
asta bakti lai bich bato ma goli marinu parcha madesh ko lagi na sochera afno pat matra chalauna lotera brasta bakti lai umra kaide hunuparcha.chanda magara janta lai dukha dina matra kam garna bakti lai prasasan la kada sagai denu parcha .mero sochie chaa.thanks badri jha qatar RJ RADIO APPAN MITHILA106.6MHZ