• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

राजनीतिमा बेइमानी होइन, वैज्ञानिकताको आवश्यकता

सत्य नारायण चौधरी – समाद एफ एम (लहान)
          आजको एक्काइसौँ शताब्दीको पूर्ण वैज्ञानीकता हरेक क्षेत्रमा जगजाहेर रहेको कुरामा कसैको  पनि दुई मत नहोला तर नेपालको राजनीतिमा वैज्ञानिकताको के कुरा स्वाधीनता मात्र होइन राष्ट्रियताको समेत गन्ध नपाउनु नेपालकोलागि दुःखद मात्र नभएर अव नेपाली जनताकोलागि अभिशाप बन्दै गएको छ, जसरी प्याज नखाने वाहुन भेटाउन गा्रहो,त्यसतै राष्ट्रियतालाई कोठाभित्र थुनेर सत्ताको पगरी गुथँने नेता हाम्रो देशमा को नहोला ।mm

महगोँ पजेरोमा सवार राजनेतालाई भगवानको दुहाई दिन पछि नपर्ने राष्ट्रियझण्डालाई खल्तीमा लुकाएर स्वार्थको झण्डा फहराउदैँ,सोझा निमुखा जनतालाई छकयाउँदै नुनको सोझो नतिर्ने ४२० का   आफूलाई समाजसेवी भएकोमा गर्व गर्छन् । जनता र राष्ट्रको पुजारी भनाउदा महानताको लेप लगाउनेहरुनै आज भगवानका दर्जा पाएका छन् । इमान्दार, नैतिकवान् एवं चरित्रवान् बन्ने सोचलाई काठमान्डौँको ढलसँगै मिसाएर विष्णुमति र वागमति नदीमा प्रवाह गरिरहेका छन् ।

जनताको त्याग र वलिदानबाट प्राप्त लोकतन्त्र आज तिनै भगवानको रुपमा पूजा पाइरहेकाहरुबाट अल्पआयुमा नै जीवन–मरणको दोसाँधबाट गुज्रिरहेका छन् ।  जसरी पानी विना माछा छटपटाउने गर्छन् त्यस्तै हाम्रो देशको लोकतन्त्र राजनीतिक स्वार्थ र मनोकाँक्षाका कारण औलाउँदै गएको छ ।  आज राजनीति संस्कृति विकृतिमा परिणत हुँदैछ । शान्ति र समृद्धिसहितको नयाँ नेपाल चाहने आम जनताको  सपना वेवारिसे भएको छ । व्यत्तिगत, दलगत जस्ता नियोजित स्वार्थ र षड्यन्त्रबाट दिन–प्रतिदिन राष्ट्रियता धराशयी बन्दै  गएको छ । समाजमा उदारवादी मान्यता बोकेका,अनुशासित,सभ्य र करुणाभावले ओतप्रोत मानिस विलय हुँदैछ र गरिव भोका,नाङा जनता मूला काटेझैँ काटिरहेका छन् । राजनीतिका गहिराइसम्म पतालगाइसकेकाहरुले सहमति र सहकार्यको पीचबाट जान्नुको सट्टा आरोप र प्रत्यारोपको राजनीति संस्कार बोकी लोकतन्त्रको सुन्दर महल खडा गर्नेहरु दशासनन बन्दै जान्नु आज नेपाल र नेपाली जनताको र्दुभाग्य भन्दा अरु के होला र ? विश्व समुदायका बढीभन्दा बढी राष्ट्रहरु प्रगतीशील,अनुसाशित र समृद्धसाली भइरँहदा हामी र हाम्रो सामाजिक र राजनीतिक परिवेस कस्तो गतिहीन ?अखिर अहिंसा र शान्तिका दुत गौत्तम बुद्ध हाम्रै देशमा जन्मिएका होइन र?विश्वका माथ सगरमाथा हाम्रै नेपाली भूमिमा होइन र ? यही हाम्रा दुईवटा कुराले विश्व समुदायले हामीलाई चिनिरहेछ भने हामीले चिन्न नसक्नु हाम्रो कस्तो भुल हो ।

बुद्धका सन्तान हामी नेपाली अव पनि हत्या, हिंसाको बाटो छोडेनौँ भने हाम्रो के गति होला भन्न लज्जास्पद कुरा हुनेछ । त्यसैले बेलैमा सचेत हुनु हाम्रो बुद्धिमानी हो । अहिले पनि समय छ,सहकार्य र सहमति गरेर हामी लोकतन्त्रलाई संस्थागत गर्न सक्छौँ । आरोप र प्रत्यारोप खेलमा नलागेर सहमतिको राजनीतिकलाई वैज्ञानिक ढंगबाट अगाडि बढाएर नेपाललाई कानुनी राज्यको रुपमा फेरीपनि चिनाउन सक्छौ । तसर्थ समयमा नयाँ संविधान जारी गरेर नेपाली जनताको हातमा दिनु नेपाली राजनेताहरुको पहिलो दायित्व हो । दम्भ र दुर्भाव नराखी सम्पूर्ण जात–जाति, भाषा–भाषीहरुलाई स्वीकार्य हुने र सबैको पहिचान राख्न सक्ने संघीय लोकतान्त्रिक राज्य बनाउनु आजको आवश्यकता पनि हो ।

यसमा कुनै दल वा दलका नेताले आपmनो व्यत्तिगत र दलीय स्वार्थबाट पे्ररित हुनु हुँदैन । आज  नेपाली जनताले चाहेको शान्त र समृद्ध नेपाल बनाउने महायज्ञमा लाग्नु नै नेपाली हुनुको गौरव हो , यही हाम्रो धर्म हो, हाम्रो माहानता,राष्ट्रिय स्वाधिनता र ,राष्ट्रिय एकता पनि हो । 

लेखक :- सत्य नारायण चौधरी – समाद एफ एम (लहान) मा कार्यरत हुनुहुन्छ ।

arp.chy@gmail.com

One Response

  1. yes sir r you right .

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: