गाउँले हत्याको प्रतिकारमा सशस्त्र समूहका कार्यकर्ता मारिए

लहान, वैशाख २९,- मधेस राष्ट्र जनतान्त्रिक तराई मुक्ति मोर्चाका कार्यकर्ता र गाउँलेबीच भएको झडपमा बुधबार राति सिरहाको दुर्गापुरमा  मोर्चाका एक कार्यकर्ता सहित दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।mm

इलाका प्रहरी कार्यालय गोलबजारका अनुसार सिरहाको दुर्गापुर ६ काशीपुर गाउँमा मंगलबार राति साढे ११ बजे भएको मोर्चा र गाउँलेबीचको झडपमा गाउँलेको कुटपीटबाट मोर्चा कार्यकर्ता फुलकहाकटी( २ का रामविलास यादव र स्थानीय नथुनी पासवानको मृत्यु भएको हो । दुर्गापुरमा सेल्टर बनाएर बस्दै आएका मोर्चा कार्यकर्ताले स्थानीय गाउँले नथुनीलाई गोली प्रहार गरी हत्या गरेपछि आक्रोशित गाउलेको प्रतिकारमा मोर्चा कार्यकर्ता यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । 
 
मोर्चा कार्यकर्ताको गोली प्रहारबाट छातीमा एक गोली लागेका बेचन पासवान घाइते भएका छन् । उनलाई उपचारका लागि धरान लगिएको छ । दुई जनाको संख्यामा रहेका मोर्चा कार्यकर्ता मध्ये जगवीर पासवान भने भाग्न सफल भएको स्थानीय धर्मेन्द्र महराले बताए । घटनास्थलबाट कटुवा पेस्तोलमा प्रयोग हुने १० राउण्ड गोली प्रहरीले बरामद गरेको छ ।
 
गाउँलेको कुटपीटबाट मृत्यु भएका मोर्चा कार्यकर्ता यादवको नथुनी पासवानको घरमा आउजाउ हुने गरेको स्थानीयको भनाई छ । मृतक यादव मोर्चाको कुन तहको कार्यकर्ता भएको खुल्न नसकेपनि प्रहरीले यादव अपहरण, लुटपाट घटनामा संलग्नता हुने गरेको रेकर्ड रहेको जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उता, गाउँलेले मृतक रामविलास र नथुनीको पत्नीबिच अनैतिक सम्वन्ध रहेको आरोप लगाएका छन् ।गाउँले र प्रहरीले मृतक यादव मोर्चा कार्यकर्ता भएको दावी गरिरहेपनि मोर्चा नेतृत्वले आफ्नो कार्यकर्ता भएनभएको भने पुष्टि गरेको छैन ।
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: