• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

मोर्चाका कार्यकर्ता र गाँउलेबीचको झडपमा दुइ जनाको मृत्यु

राधेश्याम, सिराह, वैशाख ३१, – मधेस राष्ट्र जनतान्त्रिक तराई मुक्ति मोर्चाका कार्यकर्ता र गाँउलेबीच भएको झडपमा परि सिराहाको दुर्गापुरमा मोर्चाका एक कार्यकर्ता सहित दुइ जनाको मृत्यु भएको छ ।mm

सिराहाको दुर्गापुर वडा नम्बर ६ काशीपुर गाँउमा मंगलबार राति भएको मोर्चा र गाँउलेबीचको झडपमा गाँउलेको कुटपिटबाट मोर्चा कार्यकर्ता फुलकहाकटी २ का रामविलास यादव र स्थानीय नथुनी पासवानको मृत्यु भएको हो ।
 
दुर्गापुरमा सेल्टर बनाएर बस्दै आएको मोर्चा कार्यकर्ताले स्थानीय गाँउले नथुनीलाई गोली प्रहार गरी हत्या गरेपछि आक्रोशित गाउलेको प्रतिकारमा मोर्चा कार्यकर्ता यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । मोर्चा कार्यकर्ताको गोली प्रहारबाट छातीमा एक गोली लागेको बेचन पासवान घाइते भएका छन् ।
 
मोर्चाका अर्का कार्यकर्ता मध्ये जगवीर पासवान भने भाग्न सफल भएको स्थानीय बासिन्दाले जनाएका छन् । घटनास्थलबाट कटुवा पेस्तोलमा प्रयोग हुने १० राउण्ड गोली प्रहरीले बरामद गरेको छ ।
 
यसैगरी नवलपरासीको जमुनिया सिसानियाका गंगा कुर्मिको हत्या भएको छ । आफ्नै घरमा सुतिरहेको बेला अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी ४५ वर्षिय कर्मीको हत्या गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: