सेलीद्धारा अनाथ बालबालिकालाई सहयोग

बीरगंज, जेष्ठ २, – करेण्ट इङ्गलिस ल्याङ्गवेज इन्सिच्युटमा अध्ययनरत विद्यार्थीहरुले आज बाल समाज कल्याण समितिमा आश्रति २७ जनालाई १ थान हारमोनियमको साथमा खाद्य सामाग्री तथा लताकपडा वितरण गरेका छन् ।mm

 
सेलीले समिति परिसरमा आयोजना गरेको वितरण कार्यक्रममा सेलीमा अध्ययनरत तथा एस,एल.सी. परिक्षा दिएर बसेका विद्यार्थी लगायत शिक्षकहरुको उपस्थितीमा बीरगंज उधोग बाणिज्य संघका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि ओमप्रकाश सिकारियाले अनाथ बालबालिकाहरुलाई सो सामान वितरण गर्नु भएको थियो । वितरण गरिएको सामाग्रिमा १ थान हारमोनियम, टिसर्ट, हाफपाइन्ट, पेन, कामी ब्याडमिन्टन, क्यारामवोर्ड र बिस्कुट रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथिले यसप्रकारको कार्यक्रमले समाजको कल्याण हुने दावी गर्दै यसप्रकारको कार्यक्रम संचालन गर्न अन्य संघ सस्थाहरुलाई पनि आग्रह गर्नुभयो । कार्यक्रममा सेलीका प्रधानाध्यापक राजेन्द्र प्रसाद कोइरालाको पनि उपस्थिती रहेको थियो ।
विद्यार्थीहरुलाई देश र समाजप्रतिको आफनो दायित्वको ’boutमा बोध गराउने उद्धेश्य लिएर आयोजना गरिएको यस कार्यक्रमका सभापतित्व सेलीका निर्देशिका मनिषा कोइरालाले गर्नु भएको थियो । कार्यक्रमको संचालन कासिम हुसेनले गर्नु भएको थियो ।

Advertisements

One Response

  1. hi,
    everybody how are u all?

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: