• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

युनिटीबाट कर्मचारी हटाइए, प्रहरीद्वारा सबै कार्यालय नियन्त्रणमा

युनिटीका सञ्चालकलाई पक्रन निर्देशन 

    

नेटवर्कमार्फत् ठगी गरेको आरोपमा सुरक्षाकर्मीले युनिटीका सबै कार्यालय नियन्त्रणमा लिएको छ। त्यहाँ उसले राखेका कर्मचारी हटाएर सुरक्षाकर्मी तैनाथ गरिएको छ।mm     

कतिपय स्थानमा यसो गर्ने क्रम जारी छ। यसअघि युनिटीको बैंक खाता रोक्का गर्न अर्थ मन्त्रालयले मातहतका निकायहरुलाई निर्देशन दिएको थियो। कम्पनीको मुलकभर रहेका सम्पत्तिमा समेत रोक लगाउन मन्त्रालयले निर्देशन गरेको छ। यसअघि गृह मन्त्रालयले युनिटीका संचालकहरुलाई पक्राउ गर्न प्रशासनलाई निर्देशन दिइसकेको छ।    

अर्थ मन्त्रालयले युनिटीको नाममा रहेका सवारी साधनको बिक्री वितरणमा रोक लगाउनुका साथै यसका ११ जना निर्देशकहरुलाई विदेश जान रोक लगाएको छ। युनिटीले ६ लाख ५० हजार भन्दा बढी ग्राहक बनाएर कानुन नै नभएको नेटवर्क व्यवसाय गर्दै आएको छ।      

  

विष्णु बहादुर क्षेत्री जसलाई विदेश जान रोक लगाइएको छ।

विष्णु बहादुर क्षेत्री जसलाई विदेश जान रोक लगाइएको छ।

 

युनिटीको चल अचल सबै सम्पत्ती रोक्का गर्न मन्त्रालयले मालपोत कार्यालय, नेपाल राष्ट्र बैंक, यातायात व्यवस्था विभाग अध्यागमन कार्यालयमा पत्राचार गरेको छ।
चल अचल सम्पत्ती रोक्का तथा विदेश जान रोक लगाइएका व्यक्तिहरुको विवरण     

. प्रसाद भनिने काशीराम गुरुङ, फेदीखोला , स्याङ्जा   

. कृष्ण बहादुर क्षेत्री, अर्थरडाँडा , पर्वत   

. विष्णु बहादुर क्षेत्री, अर्थरडाँडा , पर्वत   

. महेन्द्र केसी, वालिङ , बाग्लुङ   

. नेत्र राजवंशी, चकचकी गाविस , झापा   

. इन्द्र बहादुर विश्वकर्मा, सुनवल , नवलपरासी   

. भीम बहादुर गुरुङ, दिव्यनगर , चितवन   

. विश्वनाथ गौतम, मोरहाङ , तेह्रथुम
    

सञ्चारकर्मीमाथि आक्रमण
रिपोर्टिङका लागि युनिटी केन्द्रीय कार्यालय जाउलाखेल पुगेकान्युज ट्वान्टी फोरका पत्रकार विराजराज उपाध्याय तथा क्यामरापर्सन प्रताप महर्जनलाई युनिटी कर्मीचारीले आक्रमण गरेका छन्। टेलिभिजनको क्यामेरा देख्नेपछि कार्यालय हातामा रहेका व्यक्तिहरुले घेराहालेर कुटपिट गर्न खोजेको विराजले बताए। आक्रमणमा क्यामरा पर्सन महर्जनलाई इँटाले लागेको छ। 
 

  

युनिटीका सञ्चालकलाई पक्रन निर्देशन  

  

नेटवर्किङ व्यापार गर्दै आएको कम्पनी युनिटीको कारोबारठगीमा आधारित भएको भन्दै प्रशासनले यसका सञ्चालकहरुलाई नियन्त्रणमा लिने भएको छ।युनिटीका संचालकहरुलाई नियन्त्रणमा लिन सबै सुरक्षा निकायलाई निर्देशन दिएका छौ,’ गृह मन्त्रालयका प्रवक्ता जयमुकुन्द खनालले नागरिकसँग भने। उनका अनुसार सबै जिल्ला प्रशासनलाई युनिटीका संचालकहरु भाग्ने सक्ने भएकाले सचेत रहन उनीहरुलाई नियन्त्रणमा लिन समेत निर्देशन दिइएको छ। नागरिक दैनिक, रिपव्लिका नागरिकन्युजडटकमले युनिटीको कारोबार गैर कानुनी भएको समाचार सार्वजनिक गरेको थियो। युनिटीले लाख ५० हजार भन्दा बढीलाई सदस्यता बनाएरठगीगर्दै आएको छ।     

यसैगरी युनिटीको सुदूरपश्चिमस्थित एकमात्र कार्यालय धनगढीमा बिहान ११ बजे सुदूरपश्चिम हक हित संरक्षण मञ्चको नेतृत्वमा गएको टोलीले कार्यालयमा ताला लगएका छन्। उनीहरुले कार्यालय घेराउ गर्दै आफ्नो रकम फिर्ताको माग गरेका छन्।  

त्यस्तै इटहरी आइतबारेमा रहेको युनिटीको पूर्वाञ्चल कार्यालयमा पनि पीडितहरु जम्मा हुनेक्रम सुरु भएको छ। आफ्नो रकम फिर्ता हुनुपर्ने माग सहित मानिसहरु यहाँ आउनेक्रम बढेको छ।

 

4 Responses

  1. hellowwwww.
    Unity life ta dubyo dubyo, mero paisa pani dubyo……
    hamro paisa firta honu paro…..firta nabhaye sabai lai karbai garincha,,,,jyan ko maya chha ki chhoina,,,,,yedi jyan ko maya chha bhane paisa firta garne,,,,,,timi haru chor lai karbai garna lai prasasan nai chahindaina,,,hami nai kafi chha………….
    hamro bides ma khun pasina bagako paisa lutne chor haru,,,,,i need money back quickly……

  2. hello………………
    bides ma ragat pasina bagayera kamayeko paisa sabai thutne ho mula haru……..aphno nepali daju bhai haru lai thagera khub dhani banna khojeka kukur, biralo, busao haru lai aba kosaile pani chodane choinan.hami ek jut C6 nepali……
    polis lai karbahi garnu parcha……..

  3. kuta biralo daka aruko paisa khane chor

  4. hello sathiharu hamro zindgi barbad bhayo bidesma pasina bagayer kamayeko paisa buryo .tara paisa buryo bhane mapani bisnu bahadur lai barba garer chod chau
    muji bhisnu lai chodnu hudain sathi haru ok ba byyyyyyyyy

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: