दोर्पू बजार नजिक ट्रक दुर्घटना, ५ घाइते, ३ को अवस्था गम्भिर

ओखलढुङ्गाको रमाईलो डाँडाबाट सोलुखुम्बुको सदरमुकाम सल्लेरी आउँदै गरेको ना ४ ख ३०९८ नम्बरको मिनी ट्रक आज बिहान ११ बजे सोलुखुम्बुको दोर्पुबजार नजिक दुर्घटनाग्रस्त हुँदा ५ जना घाईते भएका छन् भनें घाईते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ । ट्रक सडकबाट करिव २० मिटर तल खसेको छ ।mm

दुर्घटनामा परी मिनी ट्रकका सह-चालक विक्रम भुजेल सहित ५ जना घाईते भएका हुन भनें सह-चालक र अन्य २ जनाको अवस्था गम्भिर रहेको छ । दुर्घटनामा गाडी चालक दिपक खड्का पनि घाईते भएका छन । घाईतेहरुको सोलु अस्पताल फाप्लुमा उपचार भईरहेको छ । सडकबीचमा रहेको ढुङ्गाबाट जोगिन खोज्दा सडक भासिएपछि दुर्घटना भएको चालक दिपक खड्काले बताएका छन् ।

ट्रकमा सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा व्यापार व्यबसाय गर्दै आएका ठरी प्रसाद ढुङ्गाना, रमण श्रेष्ठ, कुमार मगर, निर कुमार श्रेष्ठ, सोम बहादुर तामाङ्ग, भिम श्रेष्ठ, वकिल कार्की, भलाकाजी तामाङ्ग र मेख बहादुर राईको सामान लोडेड रहेको थियो । ट्रकमा क्षमता भन्दा बढी सामान भएका कारण दुर्घटनामा परेको आशङ्का गरिएको छ । ५ टन सामान बोक्ने क्षमता रहेको सो मिनी ट्रकमा करिव ९ टन सामान र ५ जना मानिस पनि सवार थिए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: