• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

अखिल तराई मुक्ति मोर्चाले हयितार बुझाए

     

सरकारसँग ६ बुँदे सम्झौता गरेको, वार्ता प्रकृयामा रहेको अखिल तराई मुक्ति मोर्चाका कार्यकर्ताहरुले आफूसँग भएकाहतियार सरकारलाई १८ वटा बन्दुक, तीन सकेट बम र ३० किलो बारुद बुझाएको छ।

सरकारसँग ६ बुँदे सम्झौता गरेको, वार्ता प्रकृयामा रहेको अखिल तराई मुक्ति मोर्चाका कार्यकर्ताहरुले आफूसँग भएकाहतियार सरकारलाई १८ वटा बन्दुक, तीन सकेट बम र ३० किलो बारुद बुझाएको छ।

 

बीरगंज, जेष्ठ ७, – शान्ति तथा पूनर्निर्माण मन्त्री रकम चेम्जोगंले मुलुकमा र्सवसाधारण जनतामाथि शोषण, उत्पिडन र दमन गर्ने राजसंस्था समाप्त भइसकेको र मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भईसकेकोले अब आफनो हक अधिकारको लागि हिन्सात्मक गतिविधिको आवश्यक्ता नभएको बताउनु भएको छ ।mm     

 
शान्ति तथा पुनर्निर्माण मन्त्रालयले आज पर्सा जिल्ला बिकास समिति कार्यालयको सभाकक्षमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री चेम्जोगंले यस्तो धारणा राख्नु भएको हो । मन्त्री चेम्जोगंले अहिले मुलुक सक्रमणकालिन अवस्थाबाट गुज्रिरहेकोले कसैले पनि हिमाल पहाड र तर्राईका नाममा हतियार उठाएर आफनो हक अधिकार सुनिश्चित गर्न खोज्नु लोकतान्त्रिक गणतन्त्रको खिलाफ भएकोले सबैलाई लोकतान्त्रिक तरिकाबाट आफनो हक अधिकार र माग राख्न आग्रह गर्नु भयो । हिन्सात्मक गतिविधिबाट राजनीतिक उद्धेश्य प्राप्ति नहुने भएकोले हक अधिकारको लागि सशस्त्र आन्दोलन गर्ने सबैलाई हतियार बिसाएर शान्तिपूर्ण राजनीति गर्न आग्रह समेत गर्नु भयो ।
   

  

सरकारसँग ६ बुँदे सम्झौता गरेको, वार्ता प्रकृयामा रहेको अखिल तराई मुक्ति मोर्चाका कार्यकर्ताहरु
सरकारसँग ६ बुँदे सम्झौता गरेको, वार्ता प्रकृयामा रहेको अखिल तराई मुक्ति मोर्चाका कार्यकर्ताहरु

मन्त्री चेम्जोगंले मुलुकमा राजनीतिक उद्धेश्य बोकेर आफनो हक अधिकारको लागि हिन्सात्मक आन्दोलन गर्नेहरु संग सरकार वार्ता गर्न तयार रहेपनि राजनीतिको नाममा अपराधिक गतिविधि संचालन गरेर बसेका भुमिगत समुहसंग भने सरकारले वार्ता नगर्ने जानकारी समेत गराउनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएको मन्त्री चेम्जोगंले अखिल तर्राई मुक्ति मोर्चाले गरेको कार्यको प्रशंसा गर्दै यस कार्यले तर्राईमा लोकतान्त्रिक पद्धति र राजनीतिक संस्कारलाई संस्थागत गर्न मद्धत पुरयाउनेमा विश्वस्त भएको बताउनु भयो ।
कार्यक्रममा अखिल तर्राई मुक्ति मोर्चाका केन्द्रीय संयोजक विवेक चौधरीले सरकारसंग लामो समयसम्म भएको वार्तापछि आफनो पार्टीलाई सरकारको काम सकारात्मक लागेकोले आज हामी हतियार बुझाउदै छौ । यदि सरकारको भुमिका परिवर्तन भएमा आफुहरु पून व्रि्रोह गर्ने चेतावनी समेत दिनुभयो ।  

    

मोर्चाले १८ थान हतियारको साथमा बिष्फोटक पदार्थ बनाउने बारुद ३० केजी र सकेट बम ३ थान नेपाल सरकारलाई बुझाएको छ । बुझाईएको हतियारमा १२ थान नलकटुवा, एक थान पेस्तोल, १ थान थ्रि नट थ्रि, १ थान १२ बोरका कटुवा, ३ थान १२ बोर बन्दुक रहेको छ । त्यसैगरी ३० केजी बारुद, २ थान १२ बोरको गोली, ३ थान सकेट बम समेत बुझाएको छ । मन्त्री चेम्जोगंले आफुले बुझेको सम्पूर्ण सामान पर्साका प्रमुख जिल्ला अधिकारी दाहाललाई सोही कार्यक्रम मार्फ बुझाई दिनु भएको छ । कार्यक्रममा शान्ति तथा पूनर्निर्माण मन्त्रालयका सचिव साधुराम सापकोटा, उपसचिव नरेश चापागाई, पर्साका प्रजिअ बासुदेव दाहाल, पर्सा प्रहरी उपरिक्षक राजेन्द्रमान श्रेष्ठ, सशस्त्रका प्रहरी उपरिक्षक दिलबहादुर थापा र मोर्चाका प्रवक्ता पवन व्रि्रोही समेतको उपस्थिती रहेको थियो ।     

    

कार्यक्रममा मोर्चाका करिव ३० जना कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । प्रहरी जिल्ला विकास समितिको कार्यालयमा चेकजाच निकै कडा बनाएपछि मोर्चाका कार्यकर्ताहरु भने हतियार बुझाउनु भन्दा पहिले नै जिबिस कार्यालयमा खुल्लारुपमा हतियार बोकेर सुरक्षाकर्मीको अगाडी नै घुमिरहेका थिए । उनीहरुलाई रोक्न खोज्दा मोर्चाका कार्यकर्ताले विरोध समेत गरेका थिए ।    

    

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: