• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

फोरमद्धारा मधेस रक्षा दल र्सार्वजनिक

 

बीरगंज, जेष्ठ ८, – मधेसी जनअधिकार फोरम नेपालका राष्टिय अध्यक्ष उपेन्द्र यादबले वर्तमान सरकारमा सहभागि सरकारी दल, सरकारी मन्त्री र त्यसका खलनायक प्रधानमन्त्री माधब कुमार नेपालले संविधानसभा आफनो चाहना नभएको भनेर आफनो राजाबादी चरित्र र्सार्वजनिक गरेको आरोप लगाउनु भएको छ ।mm 

 
बाराको कचोर्वावामा मधेसी जनअधिकार फोरम नेपालको मधेसी रक्षा दल नेपाल केन्द्रीय प्रशिक्षण कार्यक्रम समापन समारोहलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष यादबले यस्तो आरोप लगाउनु भएको हो । उहाले प्रधानमन्त्री नेपालले संविधान विरोधी, समावेशि विरोधी, संघीयता विरोधी, लोकतन्त्र विरोधी र गणतन्त्र विरोधी चरित्र बोलेको आरोप पनि लगाउनु भयो । नेपाली जनताले आफनो त्याग वलिदाल र उर्त्र्सगबाट निर्वाचित गरेर पठाएको संविधानसभाको विरुद्धमा लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्री नेपालले यस्तो बोलेकोमा आफु यसको घोर भर्त्सना गर्दछु भनेर बताए ।
 


वर्तमान सरकार संविधान निर्माण गर्न असफल भईसकेको र संविधानसभा आफनो चाहना पनि नभएको भनेर संविधान विरोधी चरित्र र्सार्वजनिक गरिसकेकोले अब संविधानसभालाई विघटन गर्ने र औचित्यहिन बनाएर मुलुकलाई फेरी प्रतिगमनकारीको हातमा पुरयाउने खेलमा लागेको समेत आरोप लगाउनु भयो । अध्यक्ष यादबले यो जनविरोधी सरकारलाई जनताले जिताएकै होईन यो त हरुवाहरुको फौज हो त्यसैले यस्तो सरकारले नैतिकताको आधारमा राजीनामा दिएर राजनीतिक निकास दिनुपर्नेमा जोड दिनुभयो । 

गत जेष्ठ १ गतेबाट कचौर्वामा रक्षा दलको प्रशिक्षण शुरु भई आज सम्पन्न भएको हो । फोरमको रक्षा दलमा प्रशिक्षण लिनेको संख्या ६४ जना रहेको र मधेस रक्षा दल नेपालका कार्यकर्तालाई आज र्सार्वजनिक गर्दै उनीहरुमध्येबाट जिल्ला जिल्लामा गई आफना कार्यकर्ताहरुलाई प्रशिक्षण दिन निर्देशन समेत दिनुभयो । फोरम अध्यक्ष उपेन्द्र यादब प्रशिक्षण प्रमुख रहनु भएको प्रशिक्षण टोलीमा सदानन्द कुर्मी, बीरेन्द्र यादब र धानुप्रकाश सहनी रहेका छन् । 

रक्षा दलका केन्द्रीय अध्यक्ष बीरेन्द्र यादबको सभापतित्वमा सम्पन्न प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्य लालबाबु राउत गदी, अर्जुन थापा, नेपाल प्रहरीको पूर्व एसएसपी सदानन्द कुर्मी, बारा अध्यक्ष चुमनबाबु केवट, पर्सा अध्यक्ष शशिकपुर मिया, फिरोज मंसुर लगायतको उपस्थिती रहेको थियो । 

  

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: