• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

अखिल जनतान्त्रिकका बरिष्ठ नेता पक्राउ

जनकपुरधाम, जेष्ठ ९, – जयकृष्ण गोइत नेतृत्वको अखिल जनतान्त्रिक तराई मुक्ति मोर्चाका पोलिटव्यूरो सदस्य एवं राजनीतिक विभाग प्रमुख अमिताभ भनिने उदयनारायण यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ ।mm

जनकपुरको पिराडी चौक स्थित छिमेकी बैंक नजिकको एक घरबाट यादवलाई हतियारसहित शनिबार साँझ पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले बताए ।

अमिताभ गोइत समूहका दोश्रो वरीष्ठ नेता रहेको प्रहरीको दावी छ । उनीसंग अन्य चार जनासमेत रहेको प्रहरीको अनुमान छ -‘हामी अन्य व्यक्तिहरुको पनि खोजी गर्दै छौं ।’ प्रहरी उपरीक्षक खनालले अनलाईन समाचारदातालाई भने ।

स्नातकसम्मको पढाई गरेका अमिताभ सिरहा जिल्ला भेडिया गाविस ६ का स्थायीवासी हुन । उनीमाथि हातहतियार तथा खरखजाना मुद्दा चलाउने तयारी भई रहेको छ ।

अमिताभसंग एक थान आधुनिक माउजर तथा यसमा लाग्ने गोली सहितको म्याग्जीन पनि बरामद भएको प्रहरीको दावी छ । यद्यपि अमिताभले आफूसंग हतियार नरहेको बताए । अमिताभले आफू जनतान्त्रिक तराई मुक्ति मोर्चा संस्थापक समूहको राजनीतिक विभाग प्रमुख रहेको स्वीकार गरे ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: