• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

क्रान्तिकारी सरकार नभएसम्म जन संविधान निर्माण हुदैन

बीरगंज, जेष्ठ १० – पूनर्गठित नेकपा माओबादी पार्टीका राष्ट्रिय अध्यक्ष मातृका प्रसाद यादबले जबसम्म क्रान्तिकारी संयुक्त सरकार बन्दैन तबसम्म नया नेपाल र जनताको संविधान निर्माण हुन नसक्ने दावी गर्नु भएको छ ।mm

 
पार्टीको मध्य कमाण्डले आज बीरगंजको घण्टाघरचौकमा आयोजना गरेको जनसभालाई सम्बोधनको क्रममा अध्यक्ष यादबले यस्तो दावी गर्नु भएको हो । नया” नेपाल निर्माणको लागि जन संविधान, जन संविधान निर्माणको लागि हाम्रो जनअभियान भन्ने नारा सहित आज बीरगंजमा आयोजना गरेको जनसभामा अध्यक्ष यादबले वर्तमान सरकारलाई प्रतिक्रृयाबादी र यथास्थितीबादीको संज्ञा दिदै यस्ता प्रतिक्रृयाबादी शक्तिहरुले जनताको संविधान बनाउनेमा आफु विश्वस्त नभएको बताउदै, जनताको संविधान निर्माण क्रान्तिकारी संयुक्त सरकारले मात्र बनाउन सक्ने ठोकुवा गर्नु भएको छ ।


तोकिएको समयभित्र नया संविधान निर्माण गर्न नसक्ने सरकारले अहिले फेरी १ बर्षको समय म्याद मागेकोमा यो समय संविधान लेख्न नभई आफनो सत्ता र भत्ता टिकाउनको लागि हो भनेर यादबको आरोप छ । जुन प्रधानमन्त्रीले भर्खरै केही दिन अगाडी संविधानसभा आफनो चाहना नभएको यो त माओबादीलाई फकाउनलाई मात्रै मानेको भनेर अभिब्यक्ति दिने संविधान विरोधी प्रधानमन्त्रीलाई किन चाहियो १ बर्षको समय ? आफुले पटक पटक प्रचण्ड र बाबुरामसंग माधव कुमार र गिरिजा प्रसादले कहिलेपनि संविधानसभा चाहेका छैनन भनेर भनेको स्मरण गराउदै तर दुबैले मेरो कुरा मानेनन । बरु ठिक उल्टो, सधैं नागरिक सर्वोच्चताको कुरा गरी हिडने क्रान्तिकारी नेता प्रचण्ड र बाबुरामले मधेर र पहाडको जनताले हराएको माधव नेपाललाई संविधान समितिको सभापति बनाएर जनताको मत र भावनाको कदर गर्न नसकेको आरोप लगाउनु भयो । उनीहरुले धोखेबाजलाई बोकेर हिडेकोले अहिले आफैले धोखा पाएका हुन अध्यक्ष यादबले बताए ।

जनता आफु भोखभोखै बसेर भएपनि महंगो तलब खुवाएर आफनो संविधान लेख्ने जिम्मेवारी दिएर पठाएको दल र त्यसका नेताहरु बेइमान भएर केवल सत्ता र कुर्सीको छिनाझप्टीमा मात्रै लागेकोले संविधान बन्न नसकेको बताउनु भयो । जनताले संविधानसभाको चुनावमा सबैभन्दा बढी भोट माओबादी र प्रचण्डलाई दियो । तर प्रचण्डले भने जनताको मतको अनादर गर्दै केवल कुर्सी मोहमा फस्यो, अहिले प्रचण्डलाई जनताको जनादेश अनुरुप नया संविधान निर्माण गर्ने भन्दापनि, कसरी सत्तामा जाने भन्ने खेलमा लागेको आरोप लगाउनु भयो ।

मुलुकबाट राजा ज्ञानेन्द्र समाप्त भएपछि अहिले मुलुकमा भारतको प्रधानमन्त्री मनमोहन सिंह अप्रत्यक्षरुपमा राजा भएर मुलुक संचालन गरिराखेको अध्यक्ष यादबले टिप्पणी गरे । अहिले राष्ट्र र सरकारको साचो मनमोहन सिंहको हातमा रहेको र जसले उसको राम्ररी दलाली गर्न सक्छ उ नै मुलुकको प्रधानमन्त्री हुन्छ । हुनत हाम्रा कमरेड प्रचण्ड पनि सिंहलाई तेल लगाउन पुगेका हुन । तर जनयुद्ध लडेको हात अलि खस्रो परेछ क्यार, खस्रो हातले बिचरो सिंहको खुटटै छिलेछ क्यार, प्रधानमन्त्रीको कुर्सी प्रचण्डले नपाएर माधव कुमार नेपालले पाएको बताए । अहिले माधव कुमार नेपाललाई मनमोहन सिंहको धाप पाएकोले होला निकै फुर्केर बोल्न थालेको अध्यक्ष यादबले बताए ।

मध्य कमाण्ड इन्चार्ज दिलिप साहको सभापतित्वमा सम्पन्न जनसभामा पार्टीका केन्द्रीय सदस्य जगत प्रसाद यादब, पोलिटब्युरो केन्द्रीय सदस्य अशोक, बुद्धिजिविका उपेन्द्र यादब, सुधिर लगायत पर्सा जिल्ला सेक्रेटरी छोटेलाल प्रसाद यादब, रौतहट जिल्ला सेक्रेटरी जयराम यादब, मकवानपुर सेक्रेटरी आशिष, ललितपुर सेक्रेटरी रकम लामाले आफनो मन्तब्य राखेका थिए ।
कमरेड पि.एल.श्रेष्ठले संचालन गरेको कार्यक्रममा स्वागत मन्तब्य अशोक तामागंले दिनु भएको थियो । कार्यक्रममा भोजपुरी तथा नेपाली भाषामा गीत र गजल गाएका थिए । जनसभामा सहभागि हुन गाउ गाउबाट उल्लेखनिय रुपमा कार्यकर्ता तथा र्समर्थकहरु बीरगंज आईपुगेका थिए ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: