• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

जनकपुर आँखा अस्पताल अगाडी सचिवमाथि गोली प्रहार बालक घाइते

जनकपुर, जेठ २९  शुक्रबार साँझ अज्ञात व्यक्तिले चलाएको गोली लागी ४ वर्षीय   नाबालक अमित कापर  घाइते भएका छन्।
जनकपुरको  रामानन्द चोकको आँखा अस्पतालअगाडि किराना पसलमा बाबुसँग रहेको कापरको पेटमा गोली लागेको छ। जनकपुरमा उपचार सम्भव नभएपछि बालकलाई थप उपचारका लागि धरानतर्फ लगिएको छ।
 
गाविस सचिव हकहित संरक्षण मञ्च धनुषाका अध्यक्ष रामपुकार यादवलाई ताकेर गोली चलाइएको प्रहरीको अनुमान छ। जनकपुर (८ का रामकुमार कापरको किराना पसलमा बसेका यादवमाथि चलाइएको गोली छेउमै खेलिरहेको पसलेको छोरो अमितको पेटमा लागेको एक प्रहरीले बताए। 
 
साँझ साढे आठ बजे भएको घटनापछि तत्काल बजार बन्द भएको थियो। जनकपुरको सुरक्षा अवस्थाप्रति स्थानीय व्यापारी आक्रोसित बनेका छन्। एकपछि अर्कोगरी दिनहँ हिंसात्मक गतिविधि हुन थालेपछि यस्ता घटना तत्काल रोक्न प्रशासनसित माग गरेका छन्। जनकपुरमा तीन दिनयता दुई जनाको गोली हानी हत्या भएको छ। एक बालक गम्भीर घाइते भएका छन्।
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: